• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
प्रविधी

नेपाल टेलिकमबाट पिडीत पत्रकार शाह

काठमाडौं । पछिल्लो समय नेपाल टेलिकमको सेवा खस्किदै गएको कुरा नयाँ होइन । आवश्यक ठाँउमा नेटवर्कले काम नगर्ने , सेवा शुल्क बढाउने तर सुविधामा ध्यान नदिने सेवाग्राहीले सुविधाका बारेमा सोध्दा कर्मचारी नम्र बोल्ने त परै जाओस्  उल्टै सेवाग्राहीलाइ थर्काएर पठाउने गरेको घटना सुनिदै आएको छ  ।

 

यही घटना मंगलबार एकजना पत्रकारमाथी घटेको छ । देश दैनिक डट कमका प्रकाशक तथा प्रधान सम्पादक पारस शाहमाथी यो घटना घटेको हो ।  शाहले टेलिकमको मोबाइल सोधपुछ शाखा (१४९८) मा फोन गर्दा उनको मोबाइल सेवा नै काटिएको जनाएका छन्  ।  

 

पत्रकार शाहको एकजना आफन्तलाई कुनै अपरिचित व्यक्तिले ९८६५६७९५९७ नम्बर बाट फोन गरेर बारम्बार दुख दिएकाले उक्त नम्बर बारे नेपाल टेलिकमको सोधपुछ शाखामा फोन गरेर सोध्दा  टेलिकमको सम्बन्धित व्यक्तिले नम्बर दिन नमिल्ने भनेर बताएका शाह बताउँछन् ।

 

त्यसपछि उनले  प्रहरीको सेवा लिने सोच राखेर महानगरीय प्रहरी परिसर,टेकुमा यसबारे जानकारी गराए । तर  यसपछि उल्टै शाहको  टेलिफोन सेवा एक्कासी अबरुद्ध भयो । सुरूमा शाहले टेलिकमको मोवाइल सेवा अबरूद्ध हुनुलाई सामान्य ठानेका थिए तर  घण्टौ बित्दा पनि सेवा सुचारू नभएपछी उनले नेपाल टेलिकमलाई आफनो मोबाइल बारे जानकारी गराए । तर यसबारे नेपाल टेलिकम कै कर्मचारीले पनि वास्तविक समस्याबारे मेसो पाउन सकेनन् ।

 

यती भएपछि पत्रकार शाह स्वंय टेलिकम शाखा सुन्धारा गएर सोधपुछ गर्दा  सोधपुछ शाखाका कर्मचारीले नै चर्को बोलेको भन्दै उनको मोबाइल सेवा  काटेका तथ्य कुरा बाहिर आयो ।  यती सानो विषयमा बिना कुनै जानकारी सेवाग्राहीको मोबाइल सेवा नै काट्ने यो घटना सम्भवत विश्वकै पहिलो होला । चर्को बोलेको भन्दै विनाकुनै जानकारी सेवाग्राहीलाइ संचार सेवाबाट बन्चित गर्नु कतिसम्म न्यायोजित हो त्यो  टेलिकमका कर्मचारीले  बुझुन् जरुरी छ । 

 

शाहले बिनाकारण मोबाइल सेवा अबरूद्ध गरेर आफुलाई समस्यामा पारेको र व्यवसायिक काममा क्षती पुगेको भन्दै मनपरी मोबाइल सेवा अबरूद्ध गर्ने कर्मचारीलाइ कारवाही गर्ने बताएका छन् । यसबाट आफ्नो व्यक्तिगत र व्यवासायिक कार्यमा असर परेकाले  एक लाख क्षतीपुर्तीको माग गर्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाइ दर्ता उजुरी  दिएको शाहले जानकारी दिए  ।

 

यस बिषयमा नेपाल टेलिकमकी सुचना अधिकारी प्रतिभा बैद्यलाई सोधपुछ गर्दा शाखाले त्यसरी कसैको संचार सेवा अवरूद्ध गर्न नमिल्ने तर भएको घटनाबारे वास्तविकता बुझेर खबर गर्ने बताइन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार