• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

चलचित्र ‘झिङ्गेदाउ’मा केकी र मुकुनको जोडी

काठमाडौं । ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्न लागेको चलचित्र ‘झिङ्गेदाउ’ मा नायिका केकी अधिकारी र  ‘बुलबुल’  नायक चोपेन्द्र उर्फ मुकुन भूषालको अभिनय रहने पक्का भएका छन् ।

 

साहित्यकार भीमनिधि तिवारीको आख्यानमा आधारित भएर निर्माण हुने चलचित्रमा केकी र मुकुनले जोडी बाध्नेछन् । चलचित्रमा अन्य तीन जना मुख्य कलाकार पनि फाइनल भैसकेको तर निर्माण टोलीले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन ।

 

चलचित्र भदौदेखि छायांकनमा जाने तयारीमा छ । निर्देशक स्वयमको निर्माण रहने चलचित्रलाई सिन्धुली, खोटाङ, दोलखा र काठमाडौंमा खिचिने  बताइएको छ । कपनगढी सिनेमा प्रा.लिको व्यानरमा निर्माण हुने चलचित्रमा अर्जुन पोखरेलको संगीत र प्रदीप भारद्वाजको पटकथा र संवाद रहनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार