• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

संसद् बैठकमा पुष्पा भुसालको प्रश्न : जनसङ्ख्या बढी देखेर सरकारले मार्न खोजेको हो

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले जनसङ्ख्या बढी देखेर सरकारले मार्न खोजेको हो भनी प्रश्न गरेकी छिन् ।

 

प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेस सचेतक भुषालले तरकारी र फलफूलको विषादी परीक्षण नगरी नेपाल भित्राउन दिने सरकारको निर्णयतर्फ लक्षित गर्दै  ३ करोड भन्दा कम जनसंख्या पनि सरकारलाई बढी भएको हो ? भन्दै प्रश्न गरिन् । 

 

संविधानले खाद्य अधिकार सुरक्षित गरे पनि सरकारले विषादी भएको वस्तु आयात नरोक्ने निर्णयबारे जनतालाई जानकारी गराउनुपर्ने उनको भनाइ थियो।
उनले भनिन्, ‘यो सरकारलाई ३ करोड जनसङ्ख्या अत्यन्त बढी लाग्यो कि विषादीयुक्त खानेकुराहरु दिनका लागि मन्द गतिबाट विषपान गराएर जनसङ्ख्या घटाउने उद्दतमा किन लाग्यो यो सरकार रु यसको जवाफ सदनमा दिनुपर्नेछ ।’

 

संसद्मा बोल्दै नेतृ भुसालले विषादी परीक्षण स्थगनको सम्बन्धमा प्रधानमन्त्रीले सफेद झुट बोलेको आरोप लगाइन् । सरकार नीतिगत भ्रष्टाचारमा तल्लीन रहेको र राज्यको ढुकुटीमा नीतिगत भ्रष्टाचार भइरहेको भन्दै ढुकुटी रित्तिने गरी भ्रष्टाचार गर्ने तर विषादी परीक्षण गर्ने ल्याब छैन भन्ने बाहाना बनाएको भन्दै विष खाएर नेपाली जनताले आफ्नो ज्यानको आहुती दिनुपर्ने हो भन्दै सरकारबाट जवाफ मागेकी छिन् । 

 

भुसालले विप्पल समूहका कुमार पौडेल र सरोज यादवको हत्याको विषय गम्भीर रहेको भन्दै जानकारी पाउनुपर्ने माग समेत गरिन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार