• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

विश्वकप क्रिकेट सेमिफाइनल : भारत र न्युजिल्याण्डमा को बलियोे ?

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा आज भारत र न्यूजिल्याण्ड भिड्नेछन् । इङ्ल्याण्डको म्यानचेष्टरमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । ओल्ड ट्राफोर्ड मैदानमा हुने खेल जित्दै फाइनलमा पुग्ने दुबै टोलीको लक्ष्य छ ।

 

विश्वकप इतिहाँसमा पहिलो पटक भारत र न्युजिल्याण्ड सेमिफाइनलमा खेल्न लागेका हुन् । विश्वकपको सेमिफाइनलमा पहिलो पटक खेल्न लागेपनि दुई टोलीबीच यू(१९ विश्वकपको सेमिफाइनलमा भने प्रतिस्पर्धा गरेका थिए । यस खेलको विजेताले उपाधिका लागि अष्ट्रेलिया र इंग्ल्याण्डबीचको विजेतासँग खेल्नेछन् ।

 

दुई टोलीबीचको पछिल्लो पाँच खेलको नतिजा हेर्दा भारत बलियो देखिएको छ । पाँच भेटमा भारतले ३ खेल जितेको छ । न्युजिल्याण्डले १ खेल जितेको छ । एक खेल नतिजाविहीन बनेको थियो ।

 

जारी विश्वकपमा भारतले ९ खेलमा ७ जित हात पार्दै शीर्ष स्थानमा रहँदै सेमिफाइनल यात्रा गरेको थियो । न्यूजिल्याण्डले समान ५ खेल जित्दै चौथो स्थानमा रहेर सेमिफाइनलमा ठाउँ बनाएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार