• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

छायांकन सुरु भएको डेढ महिना मै चलचित्रको टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘कबड्डी’ को  तेश्रो सिक्वल  ‘कबड्डी कबड्डी कबड्डी’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा दयाहाङ राई, उपसना सिंह ठकुरी, र विजय बराल देखिएका छन् । 

 

रामबाबु गुरूङले निर्देशन गरेको चलचित्रलाई रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् । छायांकन सुरु भएको डेढ महिनामै यस चलचित्रको टिजर सार्वजनिक भएको हो ।   

 

चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, रीश्मा गुरुङ, विल्सन विक्रम राई, वुद्दि तामाङ, बिजय बराल लगायतको अभिनय देख्न सकिन्छ । 

 

रेनशा वान्तवा राइको कोरियोग्राफि, शैलेन्द्र डी कार्कीको छायांकन, र सुरेन्द्र पौडेलको सम्पादन रहेको चलचित्र  भदौ १३ प्रदर्शन हुँदैछ । त्यहि दिन नवल नेपाल निर्देशित अर्को चलचित्र  ‘मारुनी’ पनि प्रदर्शनमा आउँदैछ । ‘कबड्डी कबड्डी कबड्डी’ चलचित्र ‘मारुनी’ सँग जुध्ने भएको छ ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार