छायांकन सुरु भएको डेढ महिना मै चलचित्रको टिजर सार्वजनिक
काठमाडौं । चलचित्र ‘कबड्डी’ को तेश्रो सिक्वल ‘कबड्डी कबड्डी कबड्डी’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा दयाहाङ राई, उपसना सिंह ठकुरी, र विजय बराल देखिएका छन् ।
रामबाबु गुरूङले निर्देशन गरेको चलचित्रलाई रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् । छायांकन सुरु भएको डेढ महिनामै यस चलचित्रको टिजर सार्वजनिक भएको हो ।
चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, रीश्मा गुरुङ, विल्सन विक्रम राई, वुद्दि तामाङ, बिजय बराल लगायतको अभिनय देख्न सकिन्छ ।
रेनशा वान्तवा राइको कोरियोग्राफि, शैलेन्द्र डी कार्कीको छायांकन, र सुरेन्द्र पौडेलको सम्पादन रहेको चलचित्र भदौ १३ प्रदर्शन हुँदैछ । त्यहि दिन नवल नेपाल निर्देशित अर्को चलचित्र ‘मारुनी’ पनि प्रदर्शनमा आउँदैछ । ‘कबड्डी कबड्डी कबड्डी’ चलचित्र ‘मारुनी’ सँग जुध्ने भएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस