• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

मलेसियालाई  ७ विकेटले पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं । एसीसी इस्टर्न रिजन यू १९ क्रिकेटमा मलेसियालाई ७ विकेटले पराजित गर्दै  नेपाल फाइनल प्रवेश गरेको छ । क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिलो ब्याटिङ गरेको मलेसियाले नेपाललाई ८८ रनको लक्ष्य दिएको थियो । 

 

नेपालले १५ ओभर पाँच बलमा तीन विकेटको क्षतिमा लक्ष्य हासिल गरेको हो । नेपालका लागि भीम सार्कीले अविजित ३३ र रोहितकुमार मण्डलले अविजित ३१ रन बनाए । पवन सर्राफ १८ रनमा आउट हुँदा रीत गौतम ३ रनमा पेभेलियन फर्किए । खड्क बोहराले भने खाता खोल्न सकेनन् ।मलेसियका हकिल मोहमदले २ विकेट लिए ।

 

त्यसअघि, किनरारा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसियाले ४०।५ ओभरमा सबै विकेट गुमाएर ८७ रनको योगफल खडा गरेको थियो । नेपालको सानदार बलिङ आक्रमण समूह मलेसियाका ब्याट्सम्यानहरुले सुस्त प्रदर्शन गर्न बाध्य भएका थिए । उनीहरुले लामो साझेदारी गर्न सकेनन् भने कुनै पनि ब्याट्सम्यान लामो समयसम्म क्रिजमा टिक्नै सकेनन् ।

 

समूह चरणका दुवै खेल जितेको नेपाल समूह विजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको थियो । उता, मलेसिया भने समूहका ३ खेलमा २ जित निकाल्दै समूह उपविजेता बनेको थियो । प्रतियोगिताको दोस्रो सेमिफाईनल खेलमा सिंगापुर र हङकङ भिडिरहेका छन् । सो खेलको विजेतासँग नेपालले उपाधिका लागि प्रतिश्पर्धा गर्नेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार