• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
बिश्व

ब्रिटिश राजदूतको इमेल मलाई मतलब छैन : राष्ट्रपति डोनल्ड ट्रम्प

ब्रिटिश सरकारले वाशिङ्टनका लागि आफ्ना राजदूतका टिप्पणी सहितका कैयौँ सन्देशहरू चुहावट भएको विषयमा औपचारिक छानबिन गर्ने घोषणा गरेको छ।

राजदूत सर किम डारोचका भनाइहरू अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पप्रति आलोचनात्मक भएको बताइएको छ।

ट्रम्पले सर किम ब्रिटेनको सेवा राम्ररी नगरेको व्यक्तिु भएको टिप्पणी गरेका छन्।

न्यू जर्सीमा पत्रकारहरूलाई ट्रम्पले भने हामी ती मानिसको ठूलो प्रशंसक होइनौँ र उनले यूकेको राम्ररी सेवा गरेका छैनन्।

 

म त्यो बुझ्छु र उनीबारे केही कुराहरू भन्न सक्छु। तर मलाई मतलब छैन।
ब्रिटिश विदेशमन्त्री जेरमी हन्टले चुहिएका टिप्पणीहरू ब्रिटिश सरकारको नभई राजदूतका व्यक्तिगत भएको बताएका छन्।

प्रतिक्रिया


सत्तारूढ कन्जर्भेटिभ पार्टीको नेता र प्रधानमन्त्री हुने दौडमा रहेका विदेशमन्त्री हन्टले खुलस्त विचारहरूु दिने ब्रिटिश राजदूतको काम भए पनि ती उनका व्यक्तिगत विचारु भएको बताएका छन्।

यो ब्रिटिश सरकारको विचार होइन र मेरो पनि होइन,हन्टले भने।

ट्रम्प अति प्रभावकारी भएको र अन्तर्राष्ट्रिय मञ्चमा ब्रिटेनको असल साथी भएको हन्टको भनाइ छ।

न्यायमन्त्री डेभिड गोकले पनि राजदूतले आफ्नो देशको लागि खुलस्त र यथार्थ सल्लाहु दिनु निकै महत्त्वपूर्ण रहेको बताएका थिए।
नमज्जाको कुरा त्यो चुहियो। तर हामी हाम्रा राजदूतहरूले तथ्यलाई जसरी देख्छन्, त्यसरी बताउने आशा गर्नुपर्छ।

 

यसअघि विदेश मामिला समितिका अध्यक्ष समेत रहेका कन्जर्भेटिभ पार्टीका सांसद टम टुगनहाटले उक्त चुहावटमा संलग्न जो कोहीलाई अभियोजन प्रकृयामा ल्याइनुपर्ने बताएका छन्।

कूटनीतिज्ञहरूले सुरक्षित ढंगबाट आफ्ना सरकारहरूसँग संवाद गर्नैपर्छ,उनले बीबीसी रेडियो फोरसँग भने।

 

उनले सर किमको बचाउ गर्दै ब्रिटिश राजदूतको काम अमेरिकी भावनाको कदर गर्नुु नभई ब्रिटिश नागरिकको स्वार्थ र आशाहरूको प्रतिनिधित्व गर्नु होभनेका छन्।

ब्रेक्जिट पार्टीका नेता निगेल फरागले भने आफ्ना राजदूतको आलोचना गर्दै उनी उक्त भूमिकाका लागि अयोग्य रहेकोु बताए।

उनले भनेस् जति छिटो उनले पद छाड्छन्, त्यति नै राम्रो हुनेछ।

 

राजदूतले के भनेका थिए


वाशिङ्टनका लागि ब्रिटेनका राजदूतले ट्रम्पको प्रशासनलाई अक्षम, असुरक्षित र अयोग्यु भनेका इमेलहरू सार्वजनिक भएका थिए।

जसमा सर किम डारोचले ह्वाइट हाउस ट्रम्पको नेतृत्वमा बेकाम र विभाजित भएको बताएका छन्।

तर उनले अमेरिकी राष्ट्रपतिलाई बेवास्ता गर्न नहुने पनि लेखेका छन्।

 

ब्रिटेनको विदेश मन्त्रालयले आइतवार मेलु पत्रिकालाई त्यसरी इमेलहरू चुहाइदिने कार्य बदमाशीपूर्ण भनेपनि त्यसको सत्यतालाई इन्कार गरेको छैन।

इमेलमा सर किमले लेखेका छन्स् हामीलाई विश्वास छैन कि यो प्रशासन बिस्तारै बढी सामान्यस कम बेकामेस कम अप्रत्याशितस कम विभाजितस कम अक्षम हुनेछ।

उनले यो प्रशासन सक्षम हुन‍सक्ने सम्भावनामा शङ्का गरेका छन्।

 

सर किमले ट्रम्प जुनको यूकेको राजकीय भ्रमणपछि खुशी भएको बताए पनि अमेरिका अझै पहिला अमेरिकाुकै नीतिमा आफ्नो स्वार्थपूर्तिमा रहेको बताएका छन्।

ती इमेलहरूमा अमेरिका र यूकेबीच ब्रेक्जिटपछि व्यापार सम्बन्ध सुधार गर्ने प्रक्रियामा तीनवटा विषय विवादास्पद हुनसक्ने बताइएको छस्

जलवायु परिवर्तन
प्रेस स्वतन्त्रता र
मृत्युदण्ड


राष्ट्रपति ट्रम्पलाई कुरो बुझाउन आफ्नो कुराहरू साधारण र सीधा तरीकाले राख्नुपर्ने उनको सुझाव छ।

 

विभाजन र अराजकता


गत महिनाको एक इमेलमा सर किमले अमेरिकाको इरान नीतिलाई बेतुके र अराजकु भनेका छन्।

उनले लेखेका छन् कि ट्रम्पले १५० जनाको ज्यान जाने भएकाले १० मिनेट अगाडि इरानमाथि आक्रमण रोकेको भन्दै सार्वजनिक गरेको कुरोको तुक मिल्दैन।

उनले भनेका छन् राष्ट्रपति ट्रम्प विदेशी द्वन्द्वमा सामेल नहुने आफ्नो निर्वाचन प्रतिबद्धताका कारण इरान आक्रमणको कुरामा कहिल्यै पूर्ण समर्थनमा थिएनन्।
सार्वजनिक गरिएका गोप्य इमेलहरू सन् २०१७ देखि हालसम्मका रहेका छन्।

सर किमले ह्वाइट हाउसमा विद्यमान विभाजनका विषयमा आएका समाचारहरूलाई विश्वास गरेको देखिन्छ।

विदेश मन्त्रालयका एक प्रवक्ताले कूटनीतिज्ञहरूले मन्त्रीहरूलाई आफूले हेरेको देशको राजनीतिका बारेमा स्पष्ट र इमान्दार विचार दिन प्रोत्साहन गरिने बताए।बीबीसी
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार