• शनिबार १-८-२०८१/Saturday 04-20-2024
डबली

उ कता,म कता

म मृत्युलाई चुम्न पर्खेको
उ जिन्दगीमा आल्हादित
उ कता, म कता 
तर अझै हामी सँगै यता
सँगै हिड्यौ, सँगै रुझ्यौ
तारा छुने सपनामा

 


सँगै हाँस्यौ एक चरण
बचेराको साथमा
ती पनि दिन थिए
तर गए , बिलुप्त भए
बचेरा उडे कताकता
नचिन्ने भए, अब रहे यादमा
अझै हामी आपसी भूगोल
र, इतिहास देखेका दुई 
सँगै छौ समयको एउटै प्रवाहमा


विखण्डित जलकण बनेर
यो नै यात्राको सुन्दरता हो
जहाँ जलकण नमिली
प्रवाह बन्न सक्तैन
तर ती कणहरु मिलेका हुदैनन्।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार