• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
पत्रपत्रिका

एनसेल विवाद साउन २१ मा फैसला

काठमाडौं । सर्वोच्च अदालतले एनसेल लाभकर निर्धारण प्रकरणमा साउन २१ गते निर्णय सुनाउने भएको छ । रिट निवेदक र विपक्षी दुवैको बहस आइतबार सकिएपछि सर्वोच्चको पूर्ण इजलासले साउन २१ गते निर्णय सुनाउने मिति तोकेको हो । 


न्यायाधीशहरू तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुस्मालता माथेमा र डा। मनोजकुमार शर्माको पूर्ण इजलासले बहस सकेर निर्णय सुनाउने मिति तोकेको हो । जेठ २१ गतेबाट पूर्ण इजलासमा निरन्तर सुनुवाइ राखिएको थियो ।

 

सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले साउन २१ गते निर्णय सुनाउने गरी बहस सकिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बहस सकिएको छ । साउन २१ गतेका लागि निसु तोकिएको छ । ”


यसअघि वैशाख २४ गते न्यायाधीशद्वय सपनाप्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले मुद्दा पूर्ण इजलासमा पेस गर्न आदेश दिएको थियो । सुनुवाइ नहुँदासम्म एनसेलमाथि भएको कर निर्धारणअनुसारको कुनै पनि प्रक्रिया अगाडि नबढाउन पनि आदेश भएको थियो । निवेदनमा संवैधानिक, कानुनी तथा प्रक्रियागतसमेत प्रश्न उठाइएको भन्दै मुद्दा पूर्ण इजलासमा पठाइएको थियो । 


इजलासले संशोधित कर निर्धारण गर्दा आयकर ऐन, २०५८ को दफा १०१९६० तथा दफा १०२९ङ० को सफाइ पेस गर्ने मौका नदिई कर निर्धारण गरेको भन्ने कानुनी प्रश्नसमेत उठेको भन्दै अन्तरिम आदेशलाई निरन्तरता दिँदै मुद्दा पूर्ण इजलासमा पठाएको थियो ।
 अदालतले ठूला करदाता कार्यालयले कर निर्धारणका सम्बन्धमा खडा गरेका सक्कल फाइल पनि झिकाएको थियो ।गोरखापत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार