• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

सरकारले शक्ति राष्ट्रसामु घुँडा टेक्यो : खाँड 

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले भारतसामु घुँडा टेकेको आरोप लगाएका छन् । उनले  भारतबाट नेपाल आउने विषाक्त तरकारी, फलफूल रोक्ने निर्णय उल्ट्याएर भारतसामु घुँडा टेकेको आरोप लगाए ।

 

आज प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जनताको स्वास्थ्यमाथि गम्भिर खेलबाड हुने गरी सरकारले लिएको सो निर्णयबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गरेका हुन् । 

 

‘सरकारले अखाद्य तरकारी ल्याउने निर्णय गरी घुँडा टेकेर लम्पसारवादी नीति अघि बढाएको छ । शक्तिसामु निरिह र लम्पसार परेको छ,’ प्रतिनिधि सभाको आइतबारको बैठकमा खाँडले भने, ‘यो लम्पसारले आमनेपालीको स्वास्थ्यमाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ । नेपालीको जीवनरक्षाको अधिकार र खाद्य सुरक्षासम्बन्धी अधिकार रक्षा गरियोस् ।’

 

खाँडले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई प्रहरीले गैरकानुनी ढंगले हत्या गरेको दावी गर्दै त्यसप्रति निन्दा पनि व्यक्त गरे । सरकारले पौडेललाई संविधान र कानुनको बर्खिलाप हुने गरी हत्या गरेर मानव अधिकारको समेत गम्भिर उलंघन गरेको उनको दावी थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार