• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

प्रधानमन्त्रीका सल्लाहकार रिमालको ट्वीटमा आलोचनाको ओईरो

काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीटरमा ‘छौंडाहरु’ भन्ने शब्द प्रयोग गर्दै ट्वीट गरेपछि आलोचनाको आइरो लागेको छ ।  सरकारको आलोचना तीब्र हुँदै गएपछि रिमालले सरकारविरुद्ध लाग्ने समूह र व्यक्तिप्रति संकेत गर्दै आज बिहान उक्त ट्वीट गरेका थिए । 

 

उनले ट्वीटमा भनेका छन्, ‘भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन् कसैले छोड्छन्, दुस्ख दिन्छन् ! यी छौंडाहरू आफैं चलमलाएका हुन् कि कसैले छोडेका ? कसलाई इग्गिंत गरेको नखुलाइए पनि प्रष्ट के छ भने पछिल्ला दिनमा सरकारको एकपछि अर्का कदमको आलोचना भइरहेको छ । उनले तिनै आलोचकहरुप्रति यो कटाक्ष गरेका हुन् ।

 

तर उनले चयन गरेको शब्दप्रति भने उनकै पार्टीका नेता कार्यकर्तादेखि आममानिसले आपत्ति जनाएका छन् । उनको ट्वीटप्रति प्रतिक्रिया जनाउने क्रममा बिहान १० बजेसम्ममा १७६ वटा रिप्लाई आएका छन्। जसमा अधिकांशले उनलाई गाली गरेका छन्। सरकारकै समर्थकले पनि उनका अभिव्यक्तिको विरोध गरेका छन्। 

 

पत्रकार तारानाथ दाहालले लेखेका छन्– छि छि सरकारका प्रमुख सल्लाहकारको भनाइ ।

 

विमल योगीले लेखेका छन्–उट्पट्याङ शब्दको खानी यता रैछ, म भने प्रधानमन्त्रीज्युलाई गाली गर्दै।

 

पशुपतिनाथ नामको ह्याण्डलबाट लेखिएको छ– धिक्कार छ, महाठिस सल्लाहकार।।।प्रम गलत होइनन्, गल्ती गर्ने त रिमालहरु हुन्, गाली ओलीले खानुपर्या छ।

 

उषाकिरण तिम्सेना लेख्छिन्– कमरेड तपाई पार्टीको स्थायी कमिटि सदस्य र प्रमज्युको सल्लाहकार दुवैपदबाट राजीनामा दिनुस्, यो चेतनास्तरले दुवै पदलाई न्याय गर्न सक्दैन।

 

विष्णु पाण्डेले लेखेका छन्– कठै सल्लाहकारज्युका शब्द चयन १ भोलि फेरि यही समाजमा सामान्य नागरिकको रुपमा जिवनयापन गर्नुपर्ने दिन आउदैन रु कि त्यति दुरर्दर्शिता पनि छैन रु सोचाइ साह्रै निकृष्ट र भाषा तल्लो स्तरको हुनुपर्ने बिशेषता सहित सल्लाहकार पदको आबेदन माग भएकोथ्यो कि पद नै यस्तो हो या पारिवारिक गुण ?

 

अर्जुनकुमार शर्माले ट्वीट गरेका छन्– गणतन्त्रमा ढुंगेयुगको कुरा गर्ने रु बोक्सीको कुरा गर्ने रु छौंडाको कुरा गर्ने रु रुढिबादी र संबिधानबिरोधी ! यस्ताको सल्लाहमा चलेको पार्टी र सरकारले पनि काम गर्छ भनेर पत्याउने म महामुर्ख!!!!

 

इश्वर पोखरेल लेख्छन्, ‘ जनभावना बिपरीत काम गर्ने अनि बिरोध गर्नेलाई छौंडा भन्ने कस्तो तरीका हो कमरेड रु गुठि बिधेयक ल्याउन कस्ले सल्लाह दियो विषादी मिसिएको खाद्यन्न चेक नगरी ल्याउन कस्ले सल्लाह दियो रु सुन कान्ड,वाईटवडि कान्ड,जग्गा कान्ड ,निर्मला बलत्कार कान्ड मा कार्वाही गर्नु हुन्न भनेर सल्लाह दिने कोरु’

 

प्रकाश जोशी लेख्छन्, ‘ प्रधान मंत्रीको प्रमुख सल्लाहकारलाई सुहाएन है यसतो छोटो मुख १’
एमालेकै नेता डा विजय पौडेलले भनेका छन्– विष्णु सर, यो अमुर्त कविता कसका लागि हो रु के यो तपाईकै ह्यान्डल हो रु हो भने यस्तो नलेख्नुस । गलत गर्नेका विरुद्ध वैचारिक तरिकाले लेखम न है, यस्तो रिस लागेजस्तो नदेखाम भन्ने अनुरोध गर्दछू ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार