• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

विद्यार्थीको नारा चर्काए : ‘जनतालाई विष खुवाउन पाइँदैन’

काठमाडौं । भारत लगायत तेस्रो मुलुकबाट आउने तरकारी जाँच गर्ने निणर्य सरकारले फिर्ता लिएकामा आपत्ति जनाउँदै नेवि संघले विरोध प्रदर्शन गरेको छ । 

 

विषादीयुक्त तरकारी उत्पादन र बिक्री वितरणमा कडाइका साथ रोक लगाइ जनताको स्वास्थ्यको ख्याल गर्नुपर्नेमा भारतको दवाब भन्दै निर्णय फिर्ता गरिएकोमा विरोधमा उत्रिनु परेको नेवि संघका निबर्तमान महामन्त्री कुन्दनराज काफ्लेले बताए । 

 

विद्यार्थीहरुले तरकारी र कालो ब्यानर बोकेर प्रदर्शनी मार्ग हुँदै पुतली सडकमा पुगेर कोणसभा गरी सरकारी निर्णयको विरोध गरेको विद्यार्थी नेता सुशील भट्टले बताए । 

 

प्रदर्शनका क्रममा विद्यार्थीहरुले ‘जनतालाई विष खुवाउन पाइँदैन’, ‘विषादीयुक्त फलफुल र तरकारीमा कडाइ गर’ लगायतका नारा लगाए ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार