• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

काङ्ग्रेस केन्द्रीय समिति बैठक आज

फाइल तस्वीर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीको आन्तरिक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्दैछ ।

 

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नियमावली, राष्ट्रिय जागरण अभियानको पहिलो चरणको समीक्षालगायत विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आजबाट सुरु हुन गइरहेको बैठकले पार्टी संगठनलाई संघीय संरचनाअनुरुप विस्तारका लागि आवश्यक निर्णय गरिने जानकारी दिए ।

 

केन्द्रीय समितिको बैठकका लागि कांग्रेस नेताहरुले अन्तरिक छलफल पनि तिब्र पारेका छन् । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू नजिकका केन्द्रीय सदस्यहरुहरुसँग वैठकबारे छलफल गरेका हुन् । सभापति देउवा निवास बुढानिलकण्ठमा भएको बैठकमा वरिष्ठ नेता पौडेललाई पनि बोलाइएको थियो । तर पौडेल राजधानी बाहिर भएकाले उपस्थित भएनन् । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले वरिष्ठ नेता पौडेललाई बैठकमा भएका छलफलबारे टेलिफोनमा जानकारी गराएको बताए ।

 

बैठकले नियमावली मस्यौदा समितिले आफ्नो मस्यौदा पेस गर्ने, त्यसपछि पार्टीका संरचना बनाउन आवश्यक निर्णय लिने, जागरण अभियानको पहिलो चरणको समीक्षा गर्ने, नेविसंघलगायत भ्रातृ संस्थाबारे निर्णय गर्ने र समसामयिक राजनीतिमाथि छलफल गर्ने एजेन्डा देउवा पक्षधर नेताले तय गरेका छन् ।

 

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा विहान ११ बजे बस्ने बैठकमा पछिल्लो समसामयिक राजनीतिक समिक्षाका साथै नियमावली संशोधन मस्यौदामाथि छलफल, राष्ट्रिय जागरण अभियानको समिक्षा र भ्रातृ तथा सभेच्छुक संस्थाको विधानका विषयमा छलफल हुने जनाइएको छ ।

 

केन्द्रीय समितिको बैठकका लागि कांग्रेस नेताहरुले अन्तरिक छलफल पनि तिब्र पारेका छन् । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू नजिकका केन्द्रीय सदस्यहरुहरुसँग वैठकबारे छलफल गरेका हुन् । सभापति देउवा निवास बुढानिलकण्ठमा भएको बैठकमा वरिष्ठ नेता पौडेललाई पनि बोलाइएको थियो । तर पौडेल राजधानी बाहिर भएकाले उपस्थित भएनन् । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले वरिष्ठ नेता पौडेललाई बैठकमा भएका छलफलबारे टेलिफोनमा जानकारी गराएको बताए ।

 

बैठकले नियमावली मस्यौदा समितिले आफ्नो मस्यौदा पेस गर्ने, त्यसपछि पार्टीका संरचना बनाउन आवश्यक निर्णय लिने, जागरण अभियानको पहिलो चरणको समीक्षा गर्ने, नेविसंघलगायत भ्रातृ संस्थाबारे निर्णय गर्ने र समसामयिक राजनीतिमाथि छलफल गर्ने एजेन्डा देउवा पक्षधर नेताले तय गरेका छन् ।

 

गत २५ वैशाखमा पार्टीले सुरु गरेको जागरण अभियानको पहिलो चरण सकिएपछि ३० वैशाखमा कांग्रेसले भदौमा सुरु हुने दोस्रो चरणअघि प्रदेशदेखि स्थानीय तहसम्म सबै संरचना निर्माण गर्ने घोषणा गरेको थियो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार