• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
डबली

सयौं पुतली : नारी संघर्षका कथा

बर्षौ देखि समाज विभेदमा जकडिएको छ । सामाजिक अन्धविश्वास देखि जातीय, वर्गीय, लैङ्िगक विभेदले जरा गाडेर बसेको छ । समाजका यस्तै घटना परिघटनाको दस्तावेज हो कथा संग्रह सयौ पुतली । आख्यानकार उमा सुवेदीको पछिल्लो कृति हो यो ।

 

साहित्य लेखनमा सरल र स्प्रष्ट भाषा शैलीको प्रयोग गर्ने सुबेदीको यो पाँचौं कृति हो भने पहिलो कथा संग्रह हो । लेखकले ‘तोदा’ र ‘इति’ जस्ता उपन्यास लेखिसकेकि छिन । खासगरी समाज र महिलाका विषयमा उनको लेखनी केन्द्रित हुने गर्छ । 

 

यो कथा सङग्रहमा पनि नारी जीवनका अनेक जटिलता र संघर्षहरु समेटिएको छ ।  विभिन्न सामाजिक समस्यालाई खरो ढंगले उठान गरिएको छ । नारी जातिलाई विशेष स्थान दिने सुवेदिको कथा संग्रहमा हामी हरेक शिर्षकको विषयवस्तु भित्र नारीलाइ पात्रको रुपमा भेटन सक्छौं । १७ वटा विषयमा १८० पेजसम्म लेखिएको कथा पढिरहँदा प्राय कथामा नारीलाई कमजोर पात्रको रुपमा प्रस्तुत गरिएको पाइन्छ ।

 

पुस्तकको सुरुवाती कथामा नै नारीले पुरुषको रोजाइ र इसारामा बाच्नुपर्छ भनेर देखाइएको छ । कथाका कतिपय विषयवस्तुलाई अध्ययन गरिरहदा यथार्थ त के कल्पना भित्र पनि अटाउन नसक्ने पात्रको चित्रण गरिएको छ । आफ्नो धन, सम्पत्ति त्यागेर मानिस सडकमा पुग्दा पनि निराश हुँदैन या त पारिवारिक खुसी त्यागेर मात्र अरुका लागि बाँच्छ भन्ने बिषयले सामाजिक चित्रण पुर्ण रुपले गर्न नसकेको भान हुन्छ ।  

 

नारीलाई सहनशीलताको मुर्ति भनेर पनि नचिनाइको होइन तर नारीको सहनशीलतामा एउटा पुरुषले आफ्नो पुरुषत्वको अधिकार जमाउँदै नारीलाइ वास्नाको सिकार बनाउने समाजको प्रवृत्तिलाई कडा रुपमा प्रहार गरिएको छ । उनले समाजका कतिपय घिनलाग्दा चित्र पनि समेटेकी छन् । जहाँ बाबुले छोरीको, भिनाजुले सालीको इज्जत लुट्दा पनि नारी विवश बनेर त्यही पुरुषको अनेक लान्छना सहन बाध्य हुन्छे अनि बन्छ पुरुष, डामेर छोडेको साँढे । यस्ता वास्तविक घटनाको उठान कथाकारले कथामा गरेकी छिन । 

 

जातीय विभेद अन्तरजातीय विवाह प्रती समाजको  सोच र मानसिकता अनि यस्तो चंगुलमा पारेर महिलालाई गरिने अपहेलनालाई कथामा विभिन्न पात्र मार्फत प्रस्तुत गरिएको छ । लेखक महिला मुद्दाका विषयमा लेख्न रुचाउने भएकाले एउटी आमा बन्न नसक्ने महिलाको सामाजिक जीवन देखि लिएर एउटा पुरुषले आफ्नै जहान गुमाउदा सम्मको पिडालाइ कथामा मार्मिक ढंगमा प्रस्तुत गरिएको छ  ।  

 

समग्र पुस्तकको विशेषतालाई हेर्दा पुस्तकको कभरमा सयौं पुतलीका तस्वीर रहेका छन । पुस्तकको प्रकाशन साङग्रिला प्रकाशनले गरेको छ । आवरणका निम्ति टाइम्स क्रिएसनले भुमिका खेलेको यो पुस्तकको पहिलो संस्करण २०७५ सालमा प्रकाशित भएको हो । लेखकले आफ्ना पात्रहरुमा समर्पित गरेर लेखेको कथासंग्रहको अन्त्यमा उनले आफ्ना बिचारलाइ समेटेकी छिन ।

 

प्रायः कथा पूर्वी नेपालकै सेरोफेरोका छन् । लेखकले आफू जन्मेको, हुर्केको  पढेको भुगोललाई कथामा समेट्ने प्रयत्न गर्नु अस्वााविक लाग्दैन । कथासंग्रहको समग्र विषयवस्तुको अध्ययन गर्दा नेपाली समाजको चित्रण पाइन्छ । नारीले परापुर्वक काल देखि शोषण भोगे पनि उनीहरुका सहनशीलता र संघर्षका कथा पाइन्छ । जुन घटनालाइ हामी बाचिरहेको समाजमा हामी नै प्रत्यक्षदर्शी भएर हेरिरहेका छौ, देखिरहेका छौ, भोगिरहेका छौ ।

 

लैङगिक विभेद, नारीको विकृत मनोदशा, राजनीति भित्रको फोहोरी खेल, जनयुद्धमा हराएका युवा, आफू अनुकुल निर्णय लिन सक्ने सक्षम महिला, समाजमा रहेको विभेद जस्ता विषयलाई लेखक सुवेदीले मार्मिक ढङगमा चित्रल गरेकी छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार