• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
रंगमञ्च

नाटक 'मिमांस’ : प्रविण खतिवडाको निर्देशनमा सुनिल पोखरेलको अभिनय 

काठमाडौं । शंकर लामिछानेको कथामा आधारित नाटक ‘मिमांस’ को अहिले मण्डला थिएटरमा धमाधम रिहर्सल चलिरहेको छ । नाटकलाई प्रविण खतिवडाले निर्देशन गरेका छन् । 

 

'आत्माको मिमांस’ परविज्ञानसँग सरोकार रहेको कथा हो भन्छन्, निर्देशक प्रविण खतिवडा । नाटक आत्मा हुन्छ कि हुँदैन भन्ने खोजी गरिएको दुईजना मान्छेहरुको कथा हो । नाटकमा सुनिल पोखरेल र राजकुमार पुडासैनी  मनोवैज्ञानिक डाक्टरको भूमिकामा देखिएको निर्देशक खतिवडाले बताए।  

 

नाटकका अन्य कलाकारहरुमा  सरस्वती चौधरी, बिजय बराल, घनश्याम जोशी लगाएतलाई देख्न सकिन्छ । रंगकर्मी सुनिल पोखरेललाई आफनो निर्देशन काम गराउन पाउँदा एकदमै हर्षित रहेको खतिवडा बताउँछन् । उनी भन्छन्, 'यसमा केही डर र च्यालेन्ज  पक्कै छ ।' 

 

नाटक  श्रावण १० गतेबाट अनामनगर स्थीत मण्डला थिएटरमा श्रावण महिनाभरी मञ्चन हुने निर्देशक खतिवडाले जानकारी दिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार