• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
रंगमञ्च

'रंगकर्मी अशेष मल्लसँग काम गर्ने धोको छ'    

रंगमञ्चमा लाग्नुभएको कति भयो ?
म रंगमञ्चमा लागेको करिब तीन दर्जन वर्ष जति भयो होला । 
 

 

नाटकमा तपाईको सुरुवात कसरी भयो ? कहिले तपाई लाग्यो यही क्षेत्रमा काम गर्छु भन्ने ?
रंगकर्मी अनुप बरालको अभिनय प्रतिको लगावलाई सम्बोधन गर्ने उदेश्यले निर्देशन र अभिनय दुबै संगसंगै गरियो । 'तिमी बाच्नु पर्छ' भन्ने एकांकी र 'जब इज्जत सल्किन्छ' भन्ने पुर्णाङ्की नाटकबाट सुरुवात गरियो । 

 

नाटक गरेर के हुन्छ खासमा ? आम मानिसले किन नाटक हेर्ने जस्तो लाग्छ तपाईलाई  ?
नाटक गरेर समाज प्रति एक प्रकारको जिम्मेवारी पुरा हुन्छ । आम मानिसले मनोरञ्जनका लागि नाटक हेर्छन जस्तो लाग्छ । 
 

 

आफैले नाटक निर्देशन गरेर नाटक चलाउन कत्तिको सजिलो छ ?
यसमा सजिलो र अफठ्यारो सापेक्षित विषय बस्तु हो । रंगमञ्चमा मेहिनत गर्नेलाई सजिलो नै छ र नक्कल गर्नेलाई गाह्रो । 
 

 

पुरानो रंगकर्मी कसको कामबाट तपाई धेरै प्रभावित हुनुहुन्छ ?
शरुभक्त, सुनिल पोखरेल, अशेष मल्ल, अनुप बरालको कामबाट म धेरै प्रभावित छु । शरुभक्त, अशेष मल्ल, सुनिल पोखरेल र अनुप बरालसँग संगसँगै काम गर्ने मौका पाईयो तर अशेष मल्लसँग सँगै काम गर्ने अवसर जुरेन । 
 

 

रंगकर्मीहरुको कुनै गुट वा संगठन छ ?
खै मलाई त छ जस्तो लाग्दैन । 
 

 

हालसालै रंगमञ्चका महिला कलाकारमाथी यौन दुरव्यवहार गरेको भनेर केही रंगकर्मीहरुलाई आरोप  पनि लगाइयो, के यो गुटले गर्दा हो त ? 
सत्यतत्थ्य त आरोपित र आरोप लगाउनेहरुलाई नै थाहा होला । यसमा मलाई खासै ज्ञान भएन । 


 

 

विश्व बजारमा हाम्रो कला साहित्य परिचित हुन नसकेको हो ?
हुनै नसकेको त होइन होला तर जति हुनुपर्ने हो त्यति भएको छैन । 

 

रंगमञ्चलाई सरकारले चासो नदिएकोे भन्छन के भन्नु हुन्छ तपाई ?
संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको गठन गरी संगीत र नाटकका स्वनाम धन्य व्यक्तिहरुलाई नियुक्ती गरेर सरकार आफनो दायित्वबाट पन्छिएको छ । अब चासो कसले र किन दिएन भन्ने कुरा यसैबाट प्रष्ट हुँदैन र ? 


 

 

नाटक मै लागेर जिन्दगी धान्न सकिन्छ ?
अब धान्नेले त धानेकै छन् । त्यति सहज चाहिँ छैन । रंगमञ्चमा सम्भावनका ढोकाहरु खुल्दैछन् र खोलिदैछन् । 
 

 

अहिले रंगकर्मीमा नाटक निर्देशन गर्ने होडबाजी चलेको छ, के हो यो ?
यो राम्रो लक्षण हो । रंगमञ्च प्रति जिम्मेवार व्यक्तिहरुको बढोत्तरी रंगमञ्चका लागि सकारात्मक  संकेत हो । 


 

 

तपाई कम बोल्ने तर काम धेरै गर्ने भन्छन् नी हो ? 
बेफुर्सदी भएर होला कि । यो भन्नेलाई नै सोध्नुपर्छ । 
 

 

मोफसलमा रंगमञ्चको अवस्था कस्तो देख्नुहुन्छ ? 
अहिले त राजधानी पनि सातवटा भए । मोफसलमा बसेर काम गर्न हिजो पनि फलामे चिउरा चपाए जस्तो थियो । अब पनि त्यस्तै हुने होला । 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार