• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
डबली

उत्पिडन

तिमी देवीको स्वरूप हौ भनी
तिम्रो पाऊँ परी पूजा गर्ने 
तिमी जीवनको सृष्टिकर्ता हौ भनी 
उपमा दिई तिमीलाई आदर गर्ने 
यहाँ हजारौं मानिसहरू छन् प्रिय ।

 

तिम्रै लागि  यहाँ धेरै राजनीतिक 
सामाजिक परिवर्तन भएका छन् 
यहाँ तिम्रो समानता र समावेशीका 
धेरै दस्तावेजहरू खडा गरिएका छन्
तिम्रो लागि वनाइएका छन्
मानवअधिकारका दस्तावेजहरू 
तिम्रो लागि वनाइएका छन्
महिला मैत्री कानुनहरु 
तिम्रो लागि वनाइएका छन्
महिला आयोग, महिला सेल
तिम्रो लागि बनाइएका छन्
महिला मैत्री  अड्डा अदालतहरु
तिम्रो लागि वनाइएका छन्
महिला मैत्री अन्य धेरै सेवाहरु 
त्यती मात्र कहाँ हो र  प्रिय !
तिम्रो लागि भनि यहाँ 
लाखौं लाख डलर भित्रयाएको  छ ।।

 

तर तिमीले आभाष सम्म गर्न पाएकी छैनौ
ति तिम्रा लागि वनाइएका पूर्वाधारहरूको
कहाँ र कसरी कार्यान्वयन भएका छन् भनी
कहीँ कतै कार्यान्वयन भएका छन् भनेर 
सुनेकी छौ भने पनि
ति त गलत तरिकाले 
आफ्ना मान्छेमा पो
कार्यान्वयन भएका छन् रे ।

 

तिमीले त आभाष गर्दै छौ नि 
दिन प्रति दिन वढ्दै गएको 
उत्पिडन र असमनताको जन्जिरता 
तिमी  उत्पिडनमा नपरेको ठाउँ कहाँ छ र प्रिय ?
तिम्रो समाज ? तिम्रो घर ? तिम्रो परिवार ?
तिम्रो अफिस ? र तिम्रो सार्वजनिक स्थल ? ।।।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार