• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

बलिउडमा बितेका महिनामा धेरै मनपराइएका यी फिल्म

मुम्बई । सन् २०१९ को आधा महिना बितिसकेको छ । बलिउड फिल्म  उद्योगको लागि भने यो बितेका महिनाहरु राम्रै नै सावित भइरहेका छन् । यो वर्ष कति फिल्महरुले  राम्रो व्यापार गरे भने केही दर्शकको मन जित्न सफल भए ।

 

बलिउड मात्रै नभएर हलिउड चलचित्र 'एवेन्जर' ले पनि एकदमै धमाकेदार शुरुवात गर्दै सबैलाई आश्चर्य चकित तुल्यायो ।  यो बर्ष बलिउडको बक्स अफिसमा धेरै फिल्महरु प्रदर्शनमा आए तर त्यसमध्ये केही फिल्महरुले राम्रो काम र दाम दुबै कमाए । 

 

बदला 

कमाई : ८८ दसमलब २ करोड रुपैयाँ
नतिजा : हिट 
बलिउडका का सुपरस्टार अमिताभ  बच्चन र तापसी पन्नुको अभिनय रहेको यस थ्रिलरले बक्स अफिसमा सुपरहिट फिल्मको नाम दर्ता गर्न सफल भयो । फिल्म कम लागतमा निर्माण भए पनि संकलित रकम भने शानदार थियो ।

 

लुका छिपी 

कमाई : ९४ दसमलब १५ करोड रुपयाँ 
नतिजा : हिट 
कार्तिक आर्यनको  खातामा हिटको दर्जा पाएको यस फिल्मले बलिउडमा राम्रो कमाई गर्न सफल भयो ।  लुका छिपी बिषय गम्भीर र फरक थियो भने दर्शकले चलचित्रलाई मन पराएका थिए ।


दे दे प्यार दे 

कमाई : १०२ दसमलब ४० करोड रुपैयाँ
नतिजा : औसत 
अजय देवगन र कुल प्रित सिंहको जोडी  यो फिल्ममा सुहाएको थियो तर रकम संकलन भने धेरै गर्न सकेन । फिल्मको संकलित रकम सोचेभन्दा कम रहेको थियो । बक्स अफिसमा यो चलचित्रले चलचित्र निर्माणको लागत भने उठाएको छ र थोरै नाफामा चित्त बुझाएको थियो ।
 


कबिर सिंह 

कमाई :  १९० दसमलब ६४ करोड रुपैयाँ 
नतिजा : सुपरहिट 
यस फिल्मको सफलताले बलिउड क्षेत्रमा सबैलाई आश्चर्य पारेको छ ।  फिल्मले ११ दिनमा १९० करोड रकम संकलन गरेको थियो । अब अझ यो सम्भावना छ कि केहि दिनमा यो चलचित्र नम्बर एकमा नै जान सक्छ । यो फिल्म साहिद कपुरको क्यारियरको अहिलेसम्मकै हिट फिल्म सावित भएको छ । 

 

भारत  

कमाई :  २०९ दसमलब ३६ करोड रुपयाँ 
नतिजा : औसत 
सलमान खानको यस फिल्मले नाफा त कमायो तर चित्तबुझ्दो कमाइ भने गर्न सकेन । सलमान जस्तो चर्चित नायक भएको फिल्मले ३०० करोड भन्दा माथि नाफा निकाल्नु पर्ने हो । तर फिल्मले खासै नाफा गर्न सकेन । धेरैको अडकलबाजी यो छ कि दर्शकले सलमानको यस फिल्मलाई त्यति रुचाएनन् । 

 

 

उरी : द सर्जिकल स्ट्राइक

 कमाई : बक्स अफिस संकलनस् २४४ दसमलब ६ करोड रुपैयाँ 
नतिजा :  ब्लकबस्टर
उरी : द सर्जिकल स्ट्राइकमा खासै नाम चलेका नायक भने थिएनन् तर पनि फिल्मको कथा यती बलियो थियो कि दर्शकले यो फिल्मलाई दोहोराएर पनि हेरे । फिल्म सफलता पाउँदै  जादा सबै चकित परेका थिए । कसैले पनि सोचेको थिएन कि फिल्मले यती धेरै नाम र दाम कमाउँछ ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार