• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

ग्लोबल आईएमई र जनता बैंकबीच मर्जर हुने घोषणा

काठमाडौं । ग्लोबल आईएमई र जनता बैङ्क मर्ज हुने भएका छन् । दुई बैङ्कले राष्ट्र बैंकको निर्देशन बमोजिम मर्जर सहमति गरेका हुन् ।

 

आज राजधानीमा यी दुई बैङ्कले मर्जर समझदारी पत्रमा हस्ताक्षर गर्दै मर्जरको घोषण गरेका हुन् । मर्जरमा जाने सहमतिपत्रमा जनता बैङ्कका तर्फबाट अध्यक्ष चन्द्र ढकाल र जनताका तर्फबाट अध्यक्ष केशव रायमाझीले हस्ताक्षर गरे । ग्लोबल आइएमई बैङ्क र जनता बैङ्क अब एक भएर जाने समझदारी भएको जनता बैङ्कका कार्यकारी प्रमुख (सिईओ) पर्शुराम क्षेत्रीले जानकारी दिए

 

मर्जर पछि बन्ने बैंकको अध्यक्षमा चन्द्र ढकाल हुने सहमति गरिएको छ भने सञ्चालक समितिमा दुबै बैंकको प्रतिनिधित्व आपसी सहमति गरिने सहमतिमा उल्लेख गरिएको छ । मर्जरसम्बन्धी औपचारिक जानकारी आजै दिइने भएको छ। स्रोतका अनुसार प्रमुख कार्यकारी अधिकृतमा जनताका पर्शुराम कुँवर क्षेत्रीले निरन्तरता पाउने छन् । वरिष्ठ डेपुटी सिइओमा ग्लोबलका महेश ढकाल रहने गरी सहमति भएको छ।

 

सञ्चालक समितिमा जनताका तर्फबाट ३ जना लगिने भद्र सहमति भएको बताइएको छ । स्वाप रेसियो भने सहमति पत्रमा ड्यू डेलिजेन्स अडिट (डीडीए) अनुसार हुने बताइएको छ । हाल ग्लोबलको चुक्ता पुँजी १० अर्ब ३१ करोड र जनताको ८ अर्ब ८ अर्ब ७ करोड रहेको छ।

 

सरकारले बजेटमा नै बिग मर्जरलाइ प्रोत्साहन गर्ने उल्लेख गरेको अवस्थामा राष्ट्र बैंकले २७ गतेभित्रै जोडी खोजेर मर्जरको प्रतिबद्धता पेस गर्न बैंकका अध्यक्ष तथा सीईओलाइ बैठक गरेरै निर्देशन दिएको थियो। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार