• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

जनता बैंकका ग्राहकलाई ओम हस्पिटलमा विशेष छुट 

काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबिच बैंकका ग्राहक तथा कर्मचारी र तिनका अश्रितहरुलाई स्वस्थ्य सेवामा छुट दिने सम्झौता सम्पन्न भएको छ । 

 

सम्झौतापत्रमा हस्पिटलका प्रबन्ध संचालक बाबुकाजी कार्की र जनता बैंक चाबहिल शाखाका शाखा प्रबन्धक सुरेश गौतमले हस्ताक्षर गरे । सम्झौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालबाट बिशेष छुट प्राप्त गर्न सक्नेछन् ।

 

उक्त छुट सुविधा अस्पतालबाट प्रदान गरिने सम्पूर्ण ओ।पि।डि। सेवा, ल्याव, भर्ना भई गरिने उपचार सेवा, बेड चार्ज तथा अप्रेसनमा प्रदान गरिने छ । उक्त छुट सुविधा अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएम कार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी लिन सक्ने जनाइएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार