साउन २६ र २७ गते एसइईको पूरक परीक्षा
काठमाडौं । एसइईको पूरक (ग्रेड वृद्धि) परीक्षा आगामी साउन २६ र २७ गते गर्ने राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिइएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज परीक्षा तालिका सार्वजनिक गर्दै यो सुचना प्रकाशित गरेको हो ।
ग्रेड वृद्धि परीक्षाका लागि बिद्यार्थीहरुले आगामी साउन १५ गतेभित्र प्रवेशपत्र र ग्रेडसीटको प्रतिलिपी राखी शिक्षा विकास तथा समन्वय एकाइमा फाराम बुझाउन समेत यसै सुचना मार्फत जानकारी गराको छ ।
२०७५ साल चैतमा सञ्चालित एसइई परीक्षामा कुनै दुई विषयमा सी वा सी भन्दा कम ग्रेड आउने विद्यार्थीका ग्रेड वृद्धिका लागि पूरक परीक्षा सञ्चालन गर्न लागेको जानकारी गराएउँदै गत चैतमा भएको एसइई परीक्षामा नियमित समूहबाट सामेल भएका विद्यार्थीले दुई विषयमा अनुपस्थित वा सी र सी भन्दा कम ग्रेड ल्याउने विद्यार्थीले परीक्षा दिन पाउने व्यवस्था छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस