• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
अर्थ

थप ६ स्थानबाट जनता बैंकको कारोवार शुभारम्भ संगै स्वास्थ्य शिविर

काठमाडौं । देशको ग्रामिण तह सम्म बंैकिङ्ग पहुँच पु¥याई सहज र सरल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्य अनुसार जनता बैंक नेपाल लिमिटेडले आज एकै साथ काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकै साथ ६ शाखाको उद्घाटन गरी कारोबार सुभारम्भ गरेको छ ।


 नयाँ ठिमी भक्तपुर, पाटन सुन्धारा, किर्तिपुर काठमाडौं, फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा नयाँ शाखा खोलिएको हो । 


मन्थली शाखाको उद्घाटन मन्थली नगरपालिकाका मेयर श्री रमेशकुमार बस्नेतले गरेका छन । उक्त समुद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष श्री केशबबहादुर रायमाझी र प्रमुख कार्यकारी अधिकृत श्री परशुराम कुंबर क्षेत्रीले बैंकको बारेमा आफ्ना विचार राख्नु भयो ।


 यसैगरी फिदिम शाखाको फिदिम नगरपालिकाका मेयर श्री ओनाहाङ्ग नेम्वाङ्ग, डुम्रे शाखाको बन्दीपुर गाउँपालिकाका अध्यक्ष श्री पूर्णसिं थापा, पाटन सुन्धारा शाखाको बैंकका संचालक श्री रामबहादुर भण्डारी, ठिमी शाखाको बैंकका संचालक श्री संजिब न्यौपाने र किर्तिपुर शाखाको नायब प्रमुख कार्यकारी अधिकृत श्री सुजित कुमार शाक्यले समुद्घाटन गर्नुभयो ।


 नयाँ खोलिएका शाखाहरुबाट ति क्षेत्रका सर्वसाधारण तथा उद्यमी व्यवसायीहरुलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुबिधा लगाएत सम्पूर्ण आधुनिक बैकिङ्ग सेबा उपलब्ध गराइने जनता बैंकले जनाएको छ । 


यसै बिच तनहुँको डुमेमा शाखा उद्घाटन सँगै सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बृहत निःशुल्क स्वास्थ्य शिविर पनि संचालन गरेको छ ।
 स्त्री तथा प्रसूति रोग, हाडजोर्नी र सामान्य स्वास्थ्य परिक्षण सम्बन्धी सञ्चालन गरीएको स्वास्थ्य शिविरमा डुम्रे आसपासका करिब २०० जनाले स्वास्थ्य परिक्षण गराएका छन् । उक्त स्वास्थ्य शिविरमा बिरामीहरुलाई आवश्यक औषधि निःशुल्क उपलब्ध गराइएको छ । 


यस सँगै जनता बैंकको शाखा संजाल पूर्वको ताप्लेजुङ्ग देखि पश्चिमको दार्चुलासम्म शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा गरी कुल १३५ पुगेको छ ।


 यस सगै बैंकले ५० शाखा रहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर तथा १०३ एटिएमहरु मार्फत उच्च स्तरीय बैंकिङ्ग सेबा पु¥याउदै आइरहेको छ ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार