• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

विश्वकप छनोटको लागि नेपाली राष्ट्रिय टोली घोषणा

काठमाडौं । सिंगापुरमा हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ  । आइतबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै कप्तान पारस खड्काको कप्तानीमा १४ सदस्य टोली घोषणा भएको हो ।

 

सिंगापुरमा जुलाई २२ देखि २८ तारिखसम्म हुने प्रतियोगिताका लागि छनोट भएको टिम यस्तो रहेको छ । सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल खेल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ ।

 

एसिया छनोटमा नेपाल सहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपाल पहिलो खेल कतारसँग खेल्नेछ । नेपाल र कतारबीचको खेल २३ जुलाईमा हुनेछ ।

पारस खड्का (कप्तान)


ज्ञानेन्द्र मल्ल


शरद भेषावकर


बसन्त रेग्मी


सोमपाल कामी


विनोद भण्डारी


करण केसी


सन्दिप लामिछाने


दिपेन्द्रसिंह ऐरी


रोहितकुमार पौडेल


ललित राजवंशी


पवन सराफ


अभिनाश बोहोरा


प्रदिप ऐरी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार