• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
डबली

तन्त्रैतन्त्र

बलौटे खेत झै भयो देशको अर्थतन्त्र १
हराउदै जान लाग्यो देशको मूलमन्त्र १

 

ती हात यिनै हुन जन्जिरहरु तोड्ने,
हटाएर हुन्छ भन्थे तै कुलिनतन्त्र ११

 

कानूनले सबैलाई बाध्ने हुनुपर्छ राज्य,
मूल्य मान्यता हराउदै हुर्क्यो लोकतन्त्र ११

 

तन्त्र फेरियो मन्त्र फेरियो फेरिएन चलन
चमत्कार हुन्छ भन्नेले तोडेनन् दलालतन्त्र ११

 

रेमिटेन्स भरमा जीवत छन् देशका सबै तन्त्र,
रातो बाकस गनी बस्छ हाय मेरो गणतन्त्र ११
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार