• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
शिक्षा

एसइईको नतिजा सार्वजनिक, साढे १७ हजारले ल्याए ए प्लस

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालको एसईईको नतिजा सार्वजनिक गरेको छ। आज राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो। 

सार्वजनिक नतिजामा १७ हजार ५ सय ८० विद्यार्थीले ३‍.६ देखि ४ जिपिएसम्म (ए प्लस) ल्याएका छन् । ५१ हजार १ सय ३७ विद्यार्थीले  ३.२ देखि ३.६ जिपिएसम्म (ए) ल्याएका छन् ।  त्यस्तै  सबैभन्दा बढी ९८ हजार २ सय ७ विद्यार्थीले २ देखि २.४ जिपिएसम्म (बि माइनस) ल्याएका छन्। 

 

२०७५ चैत १० बाट सुरु भएको परीक्षामा कुल ४ लाख ७५ हजार ३ जना विद्यार्थीले परिक्षा दिएका थिए भने यस मध्ये पूर्णरुपमा २ जना विद्यार्थीको परीक्षा रद्ध भएको र ४८ जनाको आंशिक परीक्षा रद्द भएको थियो । 

 

प्रदेश १ बाट ८३ हजार ६ सय १८, प्रदेश २ बाट ७० हजार ५ सय १८, प्रदेश ३ बाट १ लाख हजार २, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश ५ बाट ७६ हजार ९ सय ८३, कर्णाली प्रदेशबाट ३५ हजार ६ सय ३४ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९ सय ७२ विद्यार्थी सामेल भएका थिए।

 

see.gov.np एसइईपछि सिम्बोल नम्बर टाइप गरी  टाइप गरी १६०० मा सन्देश पठाउने । यसरी सन्देश पठाउँदा अंक मात्र नलेखी सिम्बोल नम्बरको पछाडि रहेको अक्षर पनि लेख्नुपर्छ। 
यसबाहेक १६०० मा कल गरेर पनि एसइईको नतिजा प्राप्त गर्न सकिन्छ।

 

परीक्षाको नतिजा परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट see.gov.np बाट हेर्न सकिनेछ। राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट neb.gov.np/results बाट पनि नतिजा हेर्न सकिनेछ।

 

यसका साथै नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यस मार्फत मार्कसिटसमेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार