• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
अन्तर्वार्ता

'हाम्रो जित सुनिश्चित छ'

ओखलढुङ्गामा बाल्यकाल बिताएका कमल तामाङ उच्च अध्यनका लागि सिगांपुर पुगे । उनले त्यहाँ होटल म्यानेजमेन्टको अध्यन संगै विभिन्न काम गर्ने अवसर प्राप्त गरे । अध्यनसंगै उनले धेरै अवसर पाएका पनि थिए तर आफनै देशमा केहि गर्नुपर्छ भन्ने उत्साहले उनी नेपाल फर्किए । युवा जोश हुँदा देखि नै राजनीतिमा चासो थियो । २०५६ साल पछि भने उनी सर्किए राजनीतिमा आउने दौडमा थिए । तर उनको कार्यक्षेत्र बन्न पुग्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघ । २०६२ सालमा उनले केन्द्रीय सदस्यको जिम्मेवारी पाए भने त्यसपछि महासचिवको जिम्मेवारीमा रहेर पनि काम गरे । यसपटक संघको अध्यक्षमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट उनले उम्मेदवारी दिएका छन । चुनावको सेरोफेरोमा रहेर  फ्रेसन्यूज नेपालले उनीसँग गरेको यो कुराकानीको सार :

 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा तपाईको उम्मेदवारी बारे के भन्नुहुन्छ ?
अब साथीहरु विचमा केहि खटपट भएको अवश्य नै हो । साथीहरु कार्यसमितीको कुरा सुन्न तयार छैनन् । निर्वाचनमा केहि विधी र प्रक्रिया हुन्छन् । यसलाई मानेर अघि बढ्नु पर्छ भन्ने मेरो मुख्य भनाई हो । जनताको माझमा पनि जान नचाहने निर्वाचनमा विश्वास नगर्ने यस्तो हुनै सक्दैन । यस्तो बेला आफू खुशी ढंगबाट अगाडी बढेर हुदैंन । विधी र प्रक्रिया अनुसार जानुपर्छ भन्ने कुरामा कसैको दुइमत छैन । एउटा कोठा भित्र बसेर सम्पूर्ण निर्णय कसरी हुन सक्छ ? विधानमा लेखेको कुरालाई मान्नुपर्‍यो र सोही अनुसार अगाडी बढ्नु पर्छ भन्ने मेरो जोडदार आवज हो । लोकतान्त्रीक पद्धती नमान्ने यो हुन सक्दैन । 
 

 

केहि मतभेदहरु देखिए भन्ने पनि सुनिन्छ नि ?
केहि साथीहरु हुनुहुन्छ, मिटिङमा पनि नआउने छलफलमा पनि सहभागी नहुने यस्तो तालले त कसरी निष्कर्षमा पुग्ने । हामीले असार १० गते सम्ममा प्रतिनिधी तोकिसक्ने भनेका हौं । फोरमले छिटै उम्मेदवार खडा गर्नुपर्ने थियो । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले १० गतेसम्म मात्रै प्रतिनिधी दर्ता गर्ने समय तोकेको हो । हामी संग समय कम छ । लोकतान्त्रीक फोरमले आफ्नो निर्णय कार्य समितीको बहुमतबाट गरेको हो । ढिला हुँदा  चुवानलाई पनि असर पर्ने सक्छ भने पछि यसमा हामी अघि बढेका हौं ।केहि साथीहरुले माइनोटको दुरुपयोग गरेको समेत देखियो । किन बदनाम गर्ने खोजिदै छ । यसले नेपाली कांग्रेस पार्टीलाई पनि असर गर्छ । यसमा पार्टीको ध्यानार्कषण पक्कै होला  । केही साथीहरु लोकतान्त्रीक पार्टी भएर यसकै विरोधमा छन् । यो कतिसम्म उपयुक्त हो । लोकतान्त्रीक पद्धतीलाई मान्छु भन्ने तर यसभित्रका विधिलाई नमान्ने यो कसरी लोकतान्त्रीक चरित्र हुन सक्छ । हामी चुनाव जित्छौं । हाम्रो जित सुनिश्चित छ । व्यवसायीको चाहना पनि हामीलाई जिताउने नै छ । चुनावको तयारीमा हामी व्यापक रुपमा लागीरहेका छौं । साथीहरुले आफ्नो तर्फबाट जिम्मेवारी लिएर अघि बढ्नु भएको छ । 
 

 

यो व्यवसायमा आउनु भएको पनि १५ बर्ष वितिसक्यो , अध्यक्षमा यहाँले उम्मेदवारी दिनु भएको छ । निर्वाचित भएर आएपछि व्यवसायीको हक हितको लागि के कस्ता कामलाई प्राथमिकतामा राख्नुभएको छ  ?
व्यवसायी र सरकार विचमा भएको दुरी हटाउन पुलको रुपमा काम गर्ने छु । कतिपय देशहरुमा श्रम स्वीकृृतिमा समस्या देखिएको छ । रोजगारीका लागि हजारौं नेपालीको गन्तव्य बनेको मुलूक मलेसियामा किन समस्या भइरहको छ यस विषयमा प्रयाप्त संवाद भएको छैन यसतर्फ मैले पहल गर्नेछु । अर्कोतर्फ सरकारले फ्रि भिजा, फ्रि टिकट भनेको छ ।  करोडौ धरौटी राख्नुपर्ने, यसको सहजिकरण तर्फ जानुपर्छ  भन्ने हो । सेवा शुल्कका विषयमा पनि सरकार र व्यवसायी विच छलफल हुनुपर्छ ।
 

 

तपाईको मुख्य एजेन्डा के हो ?
मैले अघि  भनिसकेको छु, सरकारको पनि हित हुने र व्यवसायीको पनि हित हुने एजेन्डा अघि सारेका छु । अहिलेको मुख्य विषय मलेसियाको काममा किन अबरोध आयो भन्ने नै हो । सेवा सुल्क, धरौटीका विषयमा पनि गहन छलफल हुनुपर्छ ।
 

 

यति धेरै समस्याहरु देखिए तर अहिलेको कार्यसमीतिले खासै प्रभावकारी भूमिका खेल्न सकेन भनेर व्यवसायीहरुले नै गुनासो गरेको देखियो ?
अवश्य पनि यो विचमा वैदेशिक रोजगारका सवाललाई लिएर प्रश्नहरु उठे । धरौटी बढ्यो मलेसिया कै काममा समस्या आयो तर पनि एउटा प्रेस विज्ञप्ती पनि अहिलेको कार्यसमितीले निकालेन । लजास्पद ढंङगले व्यवसायको अपमान गरियो । यसमा उहाँहरु चुक्नु भएकै हो । सरकारसँग बार्ताको कुरा त पर कै कुरा भयो । विरोध, छलफल पनि हुन नसक्नु दु.खद हो ।

 

अहिले हुन नसकेको काम तपाई निर्वाचित भएपछि समाधान हुने आधार के छ ?
म श्रम मन्त्रालयका प्रतिनिधि, मन्त्री, व्यवसायी र संघका विचमा गहन छलफल गर्नेछु । ऐन मै सुधार गरेर अघि बढने हो अथवा थप पहल के गर्ने सकिन्छ भनेर मन्त्रालयसंग छलफल हुन्छ । व्यवसायीका पनि प्रश्नहरु छन भने छलफल गरेर अघि बढनुपर्छ भन्ने मेरो मान्यता हो । सरकारले व्यवसायीलाई सहजिकरण गर्दिनु पर्छ, दुवैपक्ष मिलेर जानुपर्छ यसमा दुईमत छैन ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार