• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
खेलकुद

शाकिबको उत्कृष्ट प्रदर्शनमा बंगलादेशको सहज जित

एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले तेस्रो जित निकालेको छ । 

 

रोजबल क्रिकेट मैदानमा बंगलादेशले दिएको २६३ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ४७ ओभरमा अल आउट हुँदै मात्र २०० रन बनायो ।

 

अफगानिस्तानका लागि शामी उल्लाह शिनवारीले अविजित ४९ रनको योगदान गरे । त्यस्तै  कप्तान गुल्बादीन नाइबले ४७ रन जोड्दा रहमत साहले २४, नाजिब उल्लाहले २३ तथा अस्घर अफगानले २० रन बनाए ।

 

अफगानिस्तानविरुद्ध अलराउण्डर प्रदर्शन गरेका हसनले १० ओभरमा २९ रन खर्चेर ५ विकेट लिए । योसंगै शकिब एकदिवसीय विश्वकपमा ५ विकेट लिने पहिलो बंगलादेशी खेलाडी बने । त्यस्तै शकिब एकै विश्वकपमा शतक र  ५ विकेट पनि लिने तेस्रो खेलाडी बनेका छन् । उनी एकै खेलमा अर्धशतक र ५ विकेट लिने दोस्रो खेलाडी समेत बनेका छन् ।

 

बलिङतर्फ अफगानिस्तानका मुजीब उर्र रहमानले सर्वा्धिक तीन विकेट हात पारे भने कप्तान गुल्बदीन नइबले २ तथा  मोहम्मद नाबी र दवलत जद्रानको नाममा पनि समान एक/एक  विकेट रह्यो ।

 

यो जितसँगै बंगलादेश ७ खेलमा समान ३ मा जित र हारका साथ ७ अंक बटुल्दै अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ । अफगानिस्तानको भने लगातार सातौं हार हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार