• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

एनसीसी बैंक र आइएमइ डिजिटल सोलुसन बीच सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र आइ एम इ डिजिटल सोलुसनको आइ एम इ पे बीच डिजिटल वालेट सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।


बैंक र उक्त कम्पनी बीच आयोजित एक कार्यक्रममा सो सम्बन्धि सहमति पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रमेशराज अर्याल र आइएमइ पे का तर्फबाट संचालक श्री खिलेन्द्र पौडेलले हस्ताक्ष्र गरेका छन ।

 

यस सुबिधा अन्तर्गत एनसीसी बैकका ग्राहकहरुले इन्टरनेट बैकिङ्गं तथा मोबाइल बैंकिङ्गद्धारा आफ्नो खातामा रहेको रकम खल्तिमा लोड गरि मोबाइल टप अफ, एयर टिकट खरिद, खानेपानी शुल्क भुक्तानि, विद्युत महशुल भुक्तानि, सिनेमा, टिकट भुक्तानि जस्ता अन्य सुबिधाहरु प्राप्त गर्न सक्नेछन् ।

 

 बैंकले आफ्ना १२० वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर ८१ वटा एटीएमहरु सञ्चालनमा रहेको छन ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार