• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
राजनीति

जिल्ला इन्चार्ज पौडेल मुठभेडमै मारिएका हुन् : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको दाबी गरेका छन्।

 

सिंहदरबारमा सोमबार बसेको संसदको राज्य व्यवस्था समितिको मन्त्री थापाले पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको बताए। संघीय संसदको राज्य व्यवस्था समितिको बैठकमा घटनाबारे जानकारी दिँदै गृहमन्त्री थापाले घटनामा अर्का एकजालाई पनि गोली लागेको जानकारी दिएका हुन् ।

 

मन्त्री थापाले मोटरसाइकलमा आएका व्यक्तिले प्रहरीमाथि गोली प्रहार गरेपछि प्रहरीले गोली चलाउँदा उनी मारिएको प्रष्ट पारे। पौडेल यही असार ५ गते सर्लाहीको वडा नम्बर १ लखनदेहीस्थित जंगलमा मारिएका थिए।

 

आइतबार बिहान सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले पौडेलको मृत्यु शंकास्पद भएको भन्दै गृहमन्त्रीले यथार्थ जानकारी गराउनु पर्ने माग गरेपछि गृहमन्त्री थापा बैठकमा उपस्थिती भएका हुन् । घटनास्थलबाट रिभल्वर एक थान, कटुवा पेस्तोल एक थान र तीनमा लाग्ने गोली ६ थान बरामद भएको उनले बताए।

 

नेत्रविक्रम चन्द (विप्लव) समूहका सर्लाही जिल्ला ईञ्चार्ज कुमार पौडेलको हत्या भएकोमा मानव अधिकार आयोगले अनुसन्धान सुरू गरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार