• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

विश्वकप क्रिकेट : पाकिस्तानको दोस्रो जित, बाहिरियो दक्षिण अफ्रिका

काठमाडौं । १२ औँ सस्करणको आईसीसी एकदिवसीय विश्वकपमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ४९ रनले पराजित गरेको छ । यो जितसँगै पाकिस्तान ६ खेलबाट ५ अंकसहित अंक तालिकाको सातौँ स्थानमा उक्लिएको छ भने पराजित दक्षिण अफ्रिका विश्वकपबाट बाहिरिएको छ ।

 

लर्ड्स क्रिकेट मैदानमा पाकिस्तानले दिएको ३ सय ९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाएर २५९ रन मात्र बनाउन सक्यो । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ८ रनको योगफल तयार पार्‍यो।   पाकिस्तानका लागि हरिश सोहिल र बाबर आजमले अर्धशतकीय इनिङस खेले । हरिशले ५९ बलमा ३ छक्का र ९ चौकाको मद्दतले सर्वाधिक ८९ रन र बाबरले ६९ रन बनाए ।

 

यस्तै इमाम उल हक र फाकर जमामले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गर्दै सटिक सुरुवात दिलाएका थिए। दुवैले समान ४४ रन जोडे।

 

यता दक्षिण अफ्रिकाका लागि कप्तान फाप डु प्लेसिसले ६३ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । दक्षिण अफ्रिकाका   व्किनटन डी ककले ४७ रन जोड्दा एडिले लक्कीले अविजित ४६ रन बनाए । त्यस्तै भान डेर डुसेनले ३६ तथा डेभिड मिल्लरले ३१ रन जोडे ।

 

पाकिस्तानका शादब खान र वाहब रियाजले ३र३ विकेट लिए । यस्तै मोहमद आमिरले २ विकेट लिए । यता दक्षिण अफ्रिकाका लुंगी नेग्दीले ३ विकेट लिए । यस्तै इमरान ताहिरले २ विकेट हात पारे ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार