• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

कोपा अमेरिका : कतारलाई हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा

एजेन्सी । अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ । आईतबार राति भएको खेलमा कतारलाई २–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

 

कतारविरुद्धको अर्जेन्टिनका लौटारो जाभियर मार्टिनेजले चौथो मिनेटमै गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । कतारका डिफेन्डरले आफ्नै पेनाल्टी क्षेत्रबाट क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिँदै मार्टिनेजले गोल गर्न सफल भए । पहिलो हाफमा १ गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा पनि एक गोल थपेको थियो ।

 

८२ औं मिनेटमा सर्जियो अगुएरोले पाउलो डिबालाको पासलाई सदुपयोग गर्दै टिमका लागि दोस्रो गोल गर्दै जित निश्चित गरे । समूहको अर्को खेलमा कोलोम्बियाले पाराग्वेलाई १-० ले हरायो ।

 

कोलोम्बियाको जितमा गुस्ताभो क्वेलारले एकमात्र गोल गरे । लगातार तेस्रो जित दर्ता गरेको कोलोम्बिया अंक तालिकाको शीर्ष स्थानमा रहयो । अब अर्जेन्टिनाले क्वाटरफाईनलमा भेनेजुएलासंग प्रतिस्पर्धा गर्नेछ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार