• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

द कन्भिक्टेड ब्याण्डको ‘तिमी आउन’ भिडियो सार्वजनिक

काठमाडौं । अष्ट्रेलियामा बसेर नेपाली संगीतमा सक्रिय युवाहरूको व्यान्ड ‘द कन्भिक्टेड ब्याण्ड’को ‘तिमी आउन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

 

समुन्द्री तटमा छायांकन गरिएको भिडियोमा भोकलिस्ट तथा लिड गिटारिष्ट अनिष गुरुङ, बेस गिटार आयुष श्रेष्ठ र ड्रमर सन्तोष पी पाठक फिचर्ड छन् । गीत रक पप फ्लेभरको छ ।

 

सन् २००९ मा स्थापना भएको यो व्याण्डमा प्रारम्भकालमा ५ सदस्य थिए । फोक, रक र हेभी शैलीका गीत गाउन खप्पिस यो व्यान्डले स्थापना यता अष्ट्रेलियाका विभिन्न स्थानमा कन्सर्ट गरिसकेको छ । हाल ब्याण्डमा तीनजना मात्र सदस्य छन् ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार