• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
खेलकुद

कोपा अमेरिका : पेरुलाई हराउँदै ब्राजिल क्वाटरफाइनलमा

एजेन्सी । ब्राजिल  कोपा अमेरिका कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।  ब्राजिलमा जारी प्रतियोगिता अन्तर्गत आइतबार बिहान भएको एकपक्षीय खेलमा ब्राजिलले पेरुलाई ५–० गोलले हरायो ।कोरिन्थिनास स्टेडियममा ब्राजिललाई जित दिलाउन कासीमिरो, रोबर्टो फिर्मिन्हो, एभर्टन, डानी अल्भेस र विलियनले एक एक गोल गरे ।

 

एकतर्फी खेल खेलेको ब्राजिलले १२ औं मिनेटमा कासीमिरोको गोलबाट अग्रता बनाएको थियो । १९ औं मिनेटमा फिर्मिन्होले ब्राजिलको अग्रता २(० को बनाए । खेलको ३२ औं मिनेटमा एभर्टनले गोल गर्दा पहिलो हाफमा ब्राजिल ३-० ले अघि रह्यो ।

 

डानी अलभेसले ५२औं  र विलियनले ९०औं मिनेटमा एक एक गोल थपेका थिए । ब्राजिलले दोस्रो हाफको अन्तिमा पेनाल्टी पनि गुमायो । गाब्रियल जेसस पेनाल्टीमा चुकेका थिए । उनको प्रहार गोलरक्षक पेड्रो गलेसेले बचाए ।यस नतिजासँगै ब्राजिल ३ खेलमा ७ अंक जोड्दै शीर्षस्थानमा रहेर क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

 

यस्तै समूहको अर्को खेलमा भेनेजुएलालले बोलिभियालाई ३–१ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको छ । भेनेजुएलाको जितमा डरविन माचिसले खेलको दोस्रो र ५५औं मिनेटमा दुई गोल गरे ।

 

जोसेफ मार्टिनेजले ८६औं मिनेटमा एक गोल थपेका थिए । बोलिभियाका लियोनेल जस्टिनियानोले ८२औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए । यो सँगै भेनेजुएला ३ खेलमा ५ अंकसहित दोस्रो स्थानमा रहेर क्वाटरफाइनलमा पुगेको छ भने तेस्रो स्थानको पेरु  ३ खेलमा ४ अंक छ र उत्कृष्ट तेस्रो स्थानमा रहँदै अर्को चरणमा प्रवेश गर्ने सम्भावना कायमै छ । बोलिभिया अंकविहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार