• शनिबार १-८-२०८१/Saturday 04-20-2024
डबली

'आँसु आएन भने मन कुण्ठित हुन्छ'

आँसु के हो ?
आँसु भावना हो । सुख दुखमा शरीरले आफुलाई बिचार गर्ने माध्यम हो ।
 
 

पहिलो पटक आँसु आएको बेला ?
पहिलो पटक आँसु त कति आयो आयो । ठ्याक्कै यही बेला आयो भनेर त भन्न सकिन्न । केटाकेटीमा कति रोइयो होला । खासै याद छैन । 

 

आँसु आउँदा कस्तो महशुस हुन्छ ?
आँसु आएको बेला त्यतातिर ध्यान नै जाँदैन । आँसु आएको बेला आफुलाई कस्तो महशुस भयो भनेर सोच्न थाल्यो भने आँसु हराईहाल्छ नी ।
  
 

के कुराले तपाईलाई झर्झर आँसु आउँछ ?
मलाई सुखदुख दुबै समय आँसु आउँछ । 

 

सबैभन्दा ज्यादा आँसु आएको समय ?
यो याद छैन । म धेरै आँसु आएको समय सम्झिनै सक्दिन । 

 

आँसु किन आउँछ ?
आँसु आएन भने मन कुण्ठित हुन्छ । 

 

आँसु आएको बेला कसले तपाईलाई ढाढस दिन्छ ?
मलाई मेरो छेउ-छाउमा जो छ त्यसैले दिन्छ । 

 

आँसु र खुशीमा के फरक छ ?
म यसमा धेरै ठुलो फरक देख्दिन । किनभने खुशी भएको बेला पनि आँसु आउँछ । मान्छेले एकदमै आन्नद महशुस गरेको बेला पनि आँसु आउँछ । आँसुको कुनै समय हुँदैन ।   त्यसैले आँसु र खुसीमा खासै त्यति फरक होला जस्तो लाग्दैन । 

 

कति समयसम्म आँखाबाट आँसु झरिरहन्छ ?
अब अभिनयमा हो भने कतिबेलासम्म आँसु चाहिने हो त्यतिबेलासम्म झर्छ । जीवनमा हो भने त्यसको कुनै निश्चित समय अवधी हुँदैन । कहिलेकाँहि पुराना कुराहरु सम्झेर पनि अचानक आँसु आउँछ । कहिले लामो समय पनि हुनसक्छ र छोटो पनि । यती समय नै आँसु झार्छु भन्ने हुँदैन ।  

 

मायाप्रेममा कतिपटक आँसु आयो ?
आयो होला धेरैं पटक । आँसु आएको बेला गनेर बस्ने फुर्सद कहाँ थियो र ।  
 

प्रस्तुति : सुकृत नेपाल

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार