• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
बिश्व

इरानले अमेरिकी ड्रोन खसालेको वासिङ्टनद्वारा पुष्‍टि

तेहरान । स्ट्रेइट अफ होर्मुजमाथिको अन्तर्राष्ट्रिय आकाशमा रहेको अमेरिकी सेनाको एउटा ड्रोनलाई इरानले जमिनबाट क्षेप्यास्त्र प्रहार गरेर खसालिदिएको अमेरिकी अधिकारीहरूले जनाएका छन्।

 

इरानको इस्लामिक रिभोलुसन गार्डस् कोर (आइआरजिसी) का अनुसार बिहीवार सबेरै उक्त जासुसी ड्रोन इरानी आकाशभित्र पाइएकोले त्यसलाई खसालिएको हो।

 

आइआरजिसीका कमान्डर मेजर जनरल हुसैन सलामीले उक्त घटनाले 'अमेरिकालाई स्पष्ट सन्देश दिएको' बताएको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिका र इरानबीच तनाव चुलिरहँदा यो घटना भएको हो। यसभन्दा अघि इरानको इस्लामिक रिभोलुसन गार्ड्स कप्र्स ९आइआरजीसी०ले आफ्नो एयर स्पेसमा आएको अमेरिकी ड्रोन खसालेको जनाएको थियो । 

 

सोमबार अमेरिकाको रक्षा मन्त्रालयले १ हजार थप सेना सो क्षेत्रमा पठाउने घोषणा गरेको थियो । अमेरिकाले इरानलाई ओमानको खाडीमा तेल ट्यांकरमा आक्रमण गरेको आरोप लगाउँदै आएको छ । इरानले यो कुराको खण्डन गर्दै आएको छ । बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार