• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
राजनीति

कांग्रेस संविधान मान्दैन तर प्रजातन्त्रवादीको श्रीपेच लगाउँछ : सांसद भट्टराई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले कांग्रेसले संविधान र कानुनको उलंघन गरेको टिप्पणी गरेका छन् । 

 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक २०७६ माथिको छलफलमा सहभागी हुँदै उनले प्रजातन्त्रवादीको श्रीपेच लगाइदिएको पार्टीले संविधान नियम, कानुन नमान्नुको साथै संसदमा सभामुखको आदेश पनि नमान्ने गरेको बताए । उनले प्रमुख प्रतिपक्षी दल कांग्रेसले सभामुखको भूमिका नमानेको आरोप लगाए । 

 

प्रधानमन्त्रीले बोल्न खोजेको बेला समय नपाउनु भनेको संसदीय इतिहास र परम्पराविपरीत भएको उनको भनाई थियो ।  उनले आफूलाई प्रजातन्त्रवादीको श्रीपेच लगाएर मात्रै नहुने भन्दै  प्रतिनिधिसमा नियमावलीको दफा १२ मा दैनिक कार्यसूचीको बारेमा उल्लेख भएको र त्यसलाई संसदमा रहेका सबैले मान्नुपर्ने बताए ।

 

प्रत्येक दिनको कार्यसूची सभामुखले निष्कर्षमा पुर्‍याउनुहुन्छ र संसदसमक्ष प्रस्तुत गर्नुहुन्छ । हामीले मान्नु अनिवार्य बाध्यता हुन्छ, उनले भने ।  

 

उनले भने, 'मलाई  लागेको थियो, नेपाली कांग्रेस जस्तो जिम्मेवार पार्टीले संसदमा जे भयो, त्यसमा आत्मालोचन गर्ला तर भोलिपल्ट आएर झन रिसाएको बिरालोले खाँबो चिथोरेजस्तो ढंगले पो यहाँ प्रस्तुत भएको भन्दै आश्चर्य प्रकट गरे ।'

 

इतिहास बोकेको पार्टीले यस्ता कुरामा पुनर्विचार गर्न आग्रह गर्छु । प्रतिपक्षीका नेताले , 'विश्वविद्यालयतिर धेरै जानुपर्ने भएकाले होला बेलायतको संसदतिर भने जान फुर्सद भएनछ । त्यसकारण बेलायतको अभ्यास के थियो ? त्यहाँको सभ्यता, संसदीय व्यवस्था बुझ्नुभयो होला भन्ठानेको विश्वविद्यालयमा धेरै जानुपर्ने भएकाले संसद जान फुर्सद भएनछ,' उनले व्यंग्य गर्दै भने ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार