• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

मनसुन शुरु : अबको तीन दिन लगातार वर्षा हुने

काठमाडौं । अबको तीन दिन देशका विभिन्न ठाउँमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार  आज (आइतबार) देखि पर्सि (मंगलबार) सम्मै मध्य र पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

 

मौसमविद् मञ्जु बासीका अनुसार मनसुनको प्रारम्भमै सक्रियता बढेका कारण भारी वर्षाको सम्भावना रहेको छ  ।  मनसुन रहुन्जेल हरेक दिन वर्षा हुने सम्भावना भने नहुने बासीले बताइन् । ‘केही दिन ब्रेक भएर पनि पानी पर्न सक्छ', उनले भनिन् ।
 

भिषण वर्षाको सम्भावना देखिएसँगै पहाडी क्षेत्रमा पहिरो र तराइ क्षेत्रमा बाढीको जोखिमको बढेको छ । चितवन, नवलपरासी, पाल्पा, स्याङ्जा र आसपासमा शनिबार भारी वर्षा भएकाले बाढीको जोखिम बढेकोले  नदी किनारा आसपासका भेगमा उच्च सर्तकता अपनाउन जल तथा मौसम विज्ञान विभागले अग्रिम सूचना जारी गरेको छ । 

 

जलवायु तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको  मध्य र पश्चिमी भूभागहरुमा सामान्यदेखि पूर्ण बदली हुनेछ भने पूर्वी भेगमा आंशिकदेखि सामान्य बदली रही पूर्वका केही  स्थान तथा मध्य तथा पश्चिमका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

पश्चिमी  र मध्य भूभागका थोरै स्थानहरुमा  भारी वर्षाको सम्भावना रहेको उच्च हिमाली भूभागहरुको  केही  स्थानहरुमा हिमपातको  सम्भावना रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार