• बुधबार १-५-२०८१/Wednesday 04-17-2024
देश/प्रदेश

सुन्दरीजलमा बस दुर्घटना, सहचालकको मृत्यु, २० जना घाइते

काठमाडौं। गोकर्णेश्वर नगरपालिका–४ स्थित इटिचोक नजिक सार्बजनिक  बस दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।

 

बस पल्टेर किच्दा त्यही बसका सहचालक काठमाण्डौ सुन्दरीजलका सागर कुँवरको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । 

 

सुन्दरीजल रत्नपार्क रूटमा चल्ने बा १ ख ८७४४ नम्बरको सो बस सुन्दरीजलबाट यात्रु बोकेर रत्नपार्क तर्फ जाने क्रममा बिहीबार करिब साढे १ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । बस सडकबाट करिब ५ फिट तल खेतमा खसेको थियो।

 

दुर्घटनामा अन्य २० जना यात्रु घाइते भएको र उनीहरुको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको दुर्घटनास्थलमा रहेका बौद्ध प्रहरीका डीएसपी नरेन्द्र चन्दले जानकारी दिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार