• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

सर्लाहीमा विप्लव समूह र प्रहरीबीच भिडन्त,जिल्ला इन्चार्ज मारिए

प्रतिकात्मक तस्बिर

काठमाडौं ।  सर्लाहीको लालबन्दीमा नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्तामाथि प्रहरीले गरेको कारबाहीमा एक जनाको मृत्यु भएको छ। प्रहरीको गोली प्रहारबाट एकजनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए । 

 

प्रहरीका अनुसार मारिनेमा कुमार पौडेल रहेका छन् । पौडेल ‘विप्लव’ समूहको सर्लाही जिल्ला इन्चार्ज रहेको प्रदेश २ प्रहरी कार्यालयका एसपी सन्तोष खड्काले बताए । घटनास्थलमा जिल्लाबाट प्रहरी टोली गएको र थप विवरण आउन बाँकी रहेको उनको भनाइ छ । सुरुमा प्रहरीलाई आक्रमण गरेकाले जवाफी कारबाही भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्व पोखरेलले बताए। 

 

पौडेलको साथबाट पेस्तोल र गोली बरामद भएको प्रहरीले बताएको छ । दुईवटा मोटरसाइकलमा चार जना आएकोमा एक जनाको मृत्यु भएको र तीन जना फरार भएका छन्। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार