• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

बजेट पछि केही मन्त्रीहरु हेरफेर हुन्छन् : प्रचण्ड 

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले बजेट पारित भएपछि केही मन्त्रीहरु हेरफेर हुन सक्ने बताएका छन् ।

 

प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीचमा एकताका बाँकी रहेका कामहरु एकैपटक टुंग्याउने सल्लाह भएको र आइतबार सचिवालयको बैठक बसी त्यसलाघ अन्तिम रुप दिइने कसरतमा रहेको प्रचण्डले बताए।

 

प्रेस संगठन नेपालले कास्कीले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जनताको जनादेशकै कारण पार्टी एकता भएको भन्दै एकताका बेला भएका सहमति र सम्झौता कार्यान्वयन हुनुपर्नेमा जोड दिए।

 

उनले पार्टी एकताका लागि यसअघि भएका सहमति र सम्झौताविपरीत जाने छुट कसैलाई नभएको पनि स्पष्ट पारे। उनले पार्टी एकता र सरकारको कामलाई प्रभावकारी रुपमा अघि बढाएर लैजाने बारेमा पनि आफूहरु गम्भीर भएको धारणा राखे।

 

उनले सरकार र पार्टीका बारेमा आलोपालोको विषयमा आफुले राखेका भन्दा फरक धारणा सार्वजनिक भएको भन्दै आपत्ति जनाएका थिए । गुठी विधेयकका बारेमा जनताको असन्तुष्टि देखा परेपछि फिर्ता लिइएको भन्दै उनले गुठी सम्बन्धी विधेयक अब नयाँ शिराबाट अघि बढ्ने बताए। सबै गुठीहरु एकै प्रकृतिका छैनन्, सबै समस्याको हल हुने गरी विधेयक आउँछ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार