• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
देश/प्रदेश

जनकपुरमा ९ सिलिण्डर  बिस्फोट, ३ होटेल जलेर नष्ट

जनकपुर । जनकपुरको एक होटलमा आधा दर्जन भन्दा बढि सिलिण्डर विस्फोट हुँदा ३ वटा होटेल जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।

 

बिहीबार बिहान करिब ३ बजेतिर ग्याँस सिलिण्डर विस्फोट हुँदा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ कदम चोकमा रहेको गोविन्द मिष्ठान भण्डार र अन्य २ वटा होटल गरी ३ वटा भोजनालय होटेल जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । होटलको भान्सामा राखिएको ग्यास सिलिण्डर विस्फोट हुँदा आगो लागेको स्थानीयवासीको भनाइ छ।

 

ग्यास सिलिण्डर विस्फोट हुँदा ३ वटा होटलमा एकैपटक आगो लागेको थियो। आगलागीबाट भएको क्षतिबारे तत्कालै केही भन्न नसकिने प्रहरीले जनाएको छ। विस्फोटपछि भएको आगलगी बट ३० लाखभन्दा बढीको क्षती भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

 

होटेल भित्र ९ वटा ग्यास सिलिण्डर एकैठाउँमा राखिएको थियो ।सिलिण्डर विस्फोटको आवाज शक्तिशाली सुनिएको स्थानीयले बताए। जसले गर्दा सो वरपरका सर्वसाधारणहरु घटनास्थल पुगेका थिए।

 

घटनास्थलमा प्रहरीहरुको टोली पुगेको छ भने घटना अनुसन्धान गरेर यकिन क्षतिको विवरण र घटनाबारे थप पुष्टि गर्ने धनुषा प्रहरीले जनाएको छ। अहिले आगलागी नियन्त्रणमा आइसकेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार