• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
शिक्षा

सैनिक महाबिद्यालयमा प्रहरी बिद्यालय सम्पर्क समिती गठन 

भक्तपुर । सैनिक आवासीय महाबिद्यालय सल्लाधारी, भक्तपुरमा समुदाय प्रहरी–साझेदारी कार्यकम अन्र्तगत प्रहरी बिद्यालय सम्पर्क समिती गठन गरिएको छ । समितीको संयोजकमा महाबिद्यालयका प्रिन्सिपल सुरेन्द्र पनेरु रहेका छन् भने सह संयोजकमा बन्दोबस्ती अधिकृत सेनानी मुरारी सापकोटा र प्रहरी निरीक्षक प्रतिमा कार्की चुनिएका छन् । 

 

यस्तै प्रहरी प्रतिनिधीमा प्रहरी सहायक निरीक्षक तारा प्रसाद पन्थी सदस्य सचिवमा चुनिएका छन् । महाबिद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख जीत बहादुर कुवँर, शिक्षक प्रतिनिधी सुरेन्द्रजंग कार्की, बिधार्थी प्रतिनिधी बिशाल बर्देवा र आयुश्का बोगटी ,अभिभावक प्रतिनिधी शर्मिला तिमल्सिना (नेपाल) र होमनाथ भट्टराई सम्पर्क समितीमा सदस्य रहेका छन् ।  

 

समुदाय प्रहरी–साझेदारी अवधारणा अन्तर्गत प्रहरी बिद्यालय सम्पर्क समिती गठन गरिएको महाबिद्यालका प्रिन्सिपल पनेरुले बताए । उक्त भेलामा महिनाको पहिलो मंगलबार बैठक बस्ने, असार १० र ११ गते कक्षा ९,१०,११,१२ लाई कक्षा संचालन गर्ने निर्णय समेत गरिएको थियो । 

 

समुदाय प्रहरी-साझेदारी अवधारणालाई कार्यन्वयन गर्दै “हरप्रहर, गाउँनगरी र टोल टोलमा नेपाल प्रहरी” भन्ने मूल नाराका साथ स्थानीय तह ,समुदाय, सामाजिक संस्था र बिधालयसँग साझेदारी गरी समाजमा हुने अपराध न्यूनीकरण गर्ने लक्ष्य राखेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार