• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
खेलकुद

दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्याण्ड शीर्ष स्थानमा

एजेन्सी । विश्वकप क्रिकेटमा न्युजिल्यान्ड शीर्ष स्थानमा उक्लिएको छ । बुधबार भएको खेलमा दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै न्युजिल्यान्ड शीर्ष स्थानमा उक्लिएको हो । 
२ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४८.३ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्यो ।

 

न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले शतक प्रहार गरे । ४९ ओभरको दोस्रो बलमा छक्का प्रहार गर्दै उनले १ सय ३७ बलमा आफ्नो वान डे करियरको १२ औं शतक पुरा गरेका थिए । न्युजिल्यान्डको जितमा नायक बनेको विलियम्सनले १ सय ३८ बलमा ९ चौका र १ छक्का सहित १ सय ६ रनमा अविजित रहे ।

 

त्यस्तै आक्रमक ब्याटिङ गरेका अलराउण्डर कोलिन डी ग्राण्डहोमले ४७ बलमा ५ चौका र २ छक्का सहित ६० रनमा क्याच आउट भए । एक समय कमजोर अवस्थामा पुगेको न्युजिल्यान्डका ग्राडहोम र विलियम्सनले छैटौं विकेटका लागि ९१ रनको साझेदारी गर्दै जित सहज बनाएका थिए ।

 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९ ओभरमा ६ विकेट गुमाएर २४१ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि भान डेर डुसनले अविजित रहदै ६७ तथा हसिम अमलाको ५५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । 

 

बलिङतर्फ न्युजिल्यान्डका लागि ल्युक फर्गुसनले सर्वाधिक तीन विकेट लिए । त्यस्तै ट्रेन्ट बोल्ट, कोलिन डी ग्राण्डहोम र मिचेल स्यान्टनरले समान एक-एक विकेट लिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार