• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

एनसीसीको भिसा क्रेडिट कार्ड सुरु

काठमाडौं । एनसीसी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा २०७६ साल आषाढ ३ गतेबाट NCC VISA Credit Card शुभारम्भ गरेको छ ।

 

बैंकको भिसा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि ATM/POS  मेशिन मार्फत सामान वा सेवा लिन सकिने, EMV (Chip Based) मा आधारित सुरक्षित कार्ड, यात्राको लागि विशेष उपयोगी, भुक्तानीमा लचकता र नगद झिक्न सकिने सुबिधा रहेको छ ।

 

 

NCC VISA Credit Card को शुभारम्भ अफर भनेर बैंकले आषाढ महिना भरि नयाँ NCC उत्सव बचत खाता खोल्ने ग्राहकहरुलाई पहिलो वर्ष निशुल्क NCC VISA Credit Card उपलब्ध गराउने घोषणा पनि गरेको छ ।

 

हाल बैंकले १२० वटा शाखा कार्यालय, ८१ वटा ATM मेशिनबाट आफ्नो सेवाहरु विस्तार गरिरहेको छ । NCC Debit Card, NCC US $ Travel Visa Card, ABBS, Internet Banking, Mobile Banking,C-ASBA  लगायतका माध्यमबाट समेत बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ । समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने योजना रहेको पनि बैंककी प्रवक्ता बन्दना पाठकले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार