• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
मनोरञ्जन

नृत्य पारखीहरुका लागि तीन दिने  ‘नेपाल नृत्योत्सव’ आयोजना हुँदै  

काठमाडौं । एस्थेटिक डान्स स्टुडियोको आयोजनामा यही असार १९ गते देखि २१ गतेसम्म काठमाडौंमा  तीन दिवसीय  ‘नेपाल नृत्योत्सव’ आयोजना हुने भएको छ ।

 

नृत्य पारखीहरुलाई लक्षति गरिएको यस कार्यक्रममा बिदेशी तथा स्वदेशी कलाकारहरुद्धारा नृत्यसम्बन्धी प्रशिक्षण, कार्यशाला, छलफल कार्यक्रम र बिचार गोष्ठि आयोजना गरिने मेलाकी निर्देशक नम्रता केसीले जानकारी दिइन । यस्तो कार्यक्रमले नेपाली लोक तथा परम्परागत नृत्यहरुको सैद्धान्तिक ज्ञान र अभ्यासलाई बलियो बनाउने निर्देशक केसीले बताइन । 

 

पत्रकार सम्मेलनमा कथ्थक गुरु लिना मालाकारले आफ्नो नेपाल आफनो माइती भएको र यस्ता कार्यक्रमले आफूलाई अझ बढि उत्साहित बनाउने बताइन ।  उनले कार्यशालामा सकेसम्म सहभागीलाई आफ्नो कार्यशाला सार्थक बनाउने प्रयत्न गर्ने बताईन् ।

 

त्यस्तै अर्की कथ्थक गुरु अनुपा लेहिरीले आफू अझै विद्यार्थी भएको बताउदै, कलाको गहिराईको मापन गर्न नसक्ने बताइन । उत्सवमा नृत्यहरुको प्रदर्शनका साथै कथक, भरतनाट्यम लगायतक कर्णालीको लोक नृत्य हुड्के नाच कार्यशाला, सेमिनार ,अन्तरक्रिया तथा कार्यपत्रहरु प्रस्तुत गरिनेछ ।

 

उत्सव आयोजनका लागी एस्थेटिक डान्स स्टुडियोलाई सुर्य अगरबत्ती र भोक लाग्योले सहयोग गर्दैछन् भने सबै कार्यक्रमहरु जमल स्थीत नेपाल सांस्कृतिक संस्थानमा आयोजना गरिने जनाइएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार