• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

विवादित गुठी विधेयक फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । चर्को विवादको घेरामा परेकोे गुठी विधेयक फिर्ता भएको छ । सरकारले यसलाई फिर्ता लिने निर्णय गरेको छ । पत्रकार सम्मेलन गर्दै मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले यसको जानकारी गराइन् ।

 

सरकारले उक्त विधेयक वैशाख १७ गते राष्ट्रिय सभामा दर्ता गरेको थियो । सरकारले संसदमा दर्ता गराएको विधेयकविरुद्ध चर्को आलोचना भएपछि सरकार पछि हट्‍न बाध्य भएको हो। विधेयकलाई लिएर नागरिकमा भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावरणलाई विथोल्ने कोसिस भएकाले विधेयक फिर्ता लिने निर्णय गरेको मन्त्री अर्यालले बताइन । गुठी विधेयकले धर्म संस्कृति माथि प्रहार गरेको भन्दै उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा आइतबारदेखि विधेयकविरुद्ध आन्दोलन चर्किएको थियो ।

 

नेपालको संविधानको धारा २९० अनुसार गुठीको मूलभूत मान्यता अनुरुप राजगुठी, सार्वजनिक गुठी र निजी गुठीलाई व्यवस्थित गर्न भन्दै सरकारले वैशाख १६ गते राष्ट्रियसभामा विधेयक पेस गरेको थियो । 

 

सरोकारवाला निकायको चर्को दबाबपछि सरकारले गुठीसम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेको हो । धर्म संस्कृति परम्परा, सम्पदा नास हुने भन्दै विधेयकको विरुद्धमा काठमाण्डौ उपत्यकाका नेवार समुदाय आन्दोलित बनेका थिए । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार