• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

गुठि बिधेयक खारेजीको माग गर्दै नेपाली कांग्रेसले गर्‍यो बिरोध र्‍याली

ललितपुर । देशैभर गुठि बिधेयक बिरुद्ध आन्दोलन भैरहेको अवस्थामा नेपाली कांग्रेस ललितपुर महानगर समितिले शुक्रबार गुठि बिधेयक खारेजीको माग गर्दै बिरोध र्याली गरेको छ।मंगलबजारमा भएको बिरोध र्यालीमा महानगर समितिले ‘अधिनायकवाद सरकारले गुठि अतिक्रमण हुने गरि प्रस्तुत गरिएको गुठि विधेयकको खारेजीको माग’को नारा लगाएको छ।

 

राजधानीमा चलिरहेको आन्दोलनमा विधेयकले धर्म, संस्कृति र सभ्यता नै सिध्याउने भन्दै फिर्ता गर्नुपर्ने माग भइरहेको अवस्थामा नेपाली कांग्रेस ललितपुर महानगर समितिका सभापति राजेश महर्जनले वर्तमान सरकार धर्म, परम्परा, संस्कार, सम्पदा, संस्कृति र मौलिकता मास्न लागिपरेको आरोप लगाए। ३ सय भन्दा बढीको सहभागिता बिधेयक खारेज नगरेसम्म निरन्तर बिरोधका कार्यक्रम गर्ने समेत उनले जानकारी दिए।

 

‘गुठीबिना हामी चल्न सक्दैनौं, जन्मदेखि मृत्युसम्मका संस्कार गुठीहरूबाट नै हुन्छ, ‘सभापति महर्जनले भने, ‘त्यो काम गर्नेहरू त्यही गुठीको स्रोतबाट चल्छन् । यदि यस्ता गुठी सरकार मातहत जाने हो भने हाम्रो जीवनशैली नै ठप्प हुन्छ ।’

 

प्रस्तावित विधेयकको दफा २३ मा ‘यो ऐन प्रारम्भ हुनुअघि कायम रहेका छुट गुठी र सार्वजनिक गुठी यो ऐन प्रारम्भ भएपछि राजगुठीमा परिणत हुने, त्यस्ता गुठीका सम्पत्ति, जायजेथा, देवदेवीका प्रतिमा आदिमा भइरहेको गुठियारको हक र दायित्व प्राधिकरणमा सर्ने’ प्रावधान छ ।

 

यो प्रावधानले देशभर सञ्चालनमा रहेका विभिन्न समुदायका कुल, वंश, परम्परा, ‘धर्म’, संस्कृतिसँग जोडिएका गुठी, मदरसा, मस्जिद, मन्दिर, चैत्य सबैका गुठी प्राधिकरण मातहत आउँछन् । त्यस्तै दफा २४ मा गुठियारको अधिकार स्वतः समाप्त हुने प्रावधान छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार