• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

एनसीसी बैंक र ग्राण्डी इन्टरनेसनल अस्पताल बीच सम्झौता, बैंकका कर्मचारी र ग्राहकलाई उपचारमा बिशेष छुट

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र ग्राण्डी इन्टरनेसनल अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत दिने  सम्झौता भएको छ ।


    

सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रमेशराज अर्याल र ग्राण्डी अस्पतालका तर्फबाट मार्केटिंग विभाग प्रमुख श्री दिनेश पौडयालले हस्ताक्षर गरेका छन । सम्झौता अनुसार, अब नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकहरुले ग्राण्डी अस्पतालका उपचार सेवाहरुमा विशेष छुट पाउनेछन् । 

 

बैंकका ग्राहकहरुले उक्त छुट, बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले आफ्ना १२० वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

 

बैंकको देशभर ८१ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार