• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

खेलाडी कलाकार र पत्रकारलाई मेघा अस्पतालको स्वास्थ सेवामा ५० प्रतिशत छुट

काठमाडौं । शनिबार सानेपामा रहेको मेघा अस्पतालले भव्य समारोहको बीच नेपाल फिल्म कलाकार संघका निर्वाचित पधाधिकारिहरुलाई सम्मानित गरेको छ । उक्त कार्यक्रममा संघका अध्यक्ष रबिन्द्र खड्का लगायत अन्य कलाकारहरुले निशुल्क स्वास्थ परिक्षण समेत गरेका थिए । 

 

कुनै पनि कलाकार ,पत्रकार र खेलाडी पैसाको अभावमा रोगले मर्नु नपरोस् भन्ने उदेश्यका साथ मेघा अस्पताल द्वारा कलाकार र खेलाडीहरुलाइ स्वास्थ उपचार सेवामा ५० प्रतिशत छुटको घोषणा गरेको मेघा अस्पतालका अध्यक्ष किशोर जङग राणाले बताए।  

 

खड्काले  मेघा अस्पतालले निस्वार्थ स्वास्थ सेवा प्रदान गर्नु अत्यन्तै सराहनीय रहेको जानकारी दिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार